Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

युवा संघ नेपाल सूर्योदय अध्यक्षमा युवराज

युवा संघ नेपाल सूर्योदय अध्यक्षमा युवराज

  • सन्देश सम्वाददाता
  • शनिबार, मंसिर १८ २०७८


युवा संघ नेपाल सूर्योदय अध्यक्षमा युवराज

फिक्कल । युवा संघ नेपाल सूर्योदय नगर कमिटीको अध्यक्षमा युवराज प्रधान चयन भएका छन् । नेकपा एकिकृत समाजवादी निकट युवाहरुको भेलाले प्रधानको नेतृत्वमा नगर कमिटी गठन गरेको हो । बरिष्ठ उपाध्यक्षमा छवि तिवारी, उपाध्यक्ष संग्राम नेपाल, भक्त भण्डारी, राजमान राई र नरेश राई चयन भएका छन् ।

अध्यक्ष : युवराज प्रधान

सचिवमा अनिल योङ्या, सहसचिव पारस राई, युवराज राई र सन्दिप राई रहेका छन् । कोषाध्यक्षमा विपना राई चयन भएकी छन् । युवा संघ नेपाल केन्द्रिय उपाध्यक्ष नितेश पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा  नेकपा समाजवादी सचिवालय सदस्य एवम सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राईको विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा युवा संघका प्रवक्ता एवम उपमहासचिव संजीव राई, उपमहासचिव निर्भिक चित्रकार खनाल, प्रदेश कमिटि अध्यक्ष प्रत्युस आजाद राना, युवा संघका स्थायी कमिटी सदस्य एवम इलाम इन्चार्ज पेमा उगेन लामा लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा स्वागत तथा युवा आन्दोलन बारे  लामाले प्रकाश पारेका थिए ।

प्रमुख अतिथिले व्यानर पढेर कार्यक्रमको उद्धघाटन गरेका थिए । फिक्कल स्थित लाप्चा भवनमा भएकाे कार्यक्रममा नगरका विभिन्न क्षेत्रबाट उल्लेख्य रुपमा युवाहरुकाे सहभागिता रहेकाे थियाे । कार्यक्रमको संचालन छवि तिवारीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार