Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

  • लोकल सन्देश
  • शनिबार, मंसिर १८ २०७८


लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

नयाँबजार । माईजोगमाई गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तरगत नयाँ उद्यमी सिर्जनाका लागि प्रबिधि हस्तान्तरण गरिएकाे छ ।
जसमध्ये सिलाई मेसिन १३ थान , हेयर ड्रायर ११ थान , स्ट्रेटर आइरन ११ थान , स्टिमर ११ थान , बडिजो क्यास्टेटर ४ थान , स्पेयर (१६ लिटर) ७ थान ,  ग्रिन हाउस टनेल ७ थान , हजारी(१० लि ) थान गरी ८ प्रकारको मेसिन औजारहरु हस्तान्तरण गरिएको लघु उध्यम बिकास कार्यक्रमका फोकल पर्सन अशोक लिम्बुले जानकारी दिए।
आर्थिक बर्ष २०७७।०७८ मा माईजोगमाई गाउँपालिकाको ६ वटा नै वडामा बिभिन्न किसिमका सिप बिकास कार्यक्रम संचालन गरेको थियो । सिलाईकटाई , ब्युटी पार्लर ,कृषि संग सम्बन्धित लगायतको तालिम गत आर्थिक बर्षमा  संचालन गरिएको थियो ।
कोरोना भाइरसको प्रकोपको समयमा पनि उच्च सतर्कता अपनाउदै सहज रुपमा वडामा नै तालिम संचालन गाउँपालिकाकाले गरेको थियो ।
मेसिन औजार हस्तान्तरण कार्यक्रम  माईजोगमाई गाउँपालिका अध्यक्ष जित बहादुर राई उपाध्यक्ष साबित्रा भट्टराई प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मी सामाजिक शाखा प्रमुख मान बहादुर पौडेल कार्यक्रमका फोकल पर्सन अशोक लिम्बु  संचारकर्मी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार