Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमाले सचिवमा गोकर्णलाई बढी मत, आचार्य र कार्की पराजित

एमाले सचिवमा गोकर्णलाई बढी मत, आचार्य र कार्की पराजित

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १४ २०७८


एमाले सचिवमा गोकर्णलाई बढी मत, आचार्य र कार्की पराजित

चितवन : नेकपा एमालेको सचिव पदमा गोकर्ण विष्ट सर्वाधिक मत ल्याएर विजयी भएका छन्। उनले कूल खसेको २ हजार ९६ मतमध्ये १९ सय ७६ मत ल्याएका हुन्।

त्यसैगरी योगेश भट्टराईले १९ सय ६४, पद्मा अर्यालले १८ सय, छविलाल विश्वकर्माले १८ सय, लेखराज भट्टले १७ सय ४, टोपबहादुर रायमाझीले १७ सय र रघुबीर महासेठले १५ सय १३ मत ल्याएर विजयी भएका छन्।

उनीहरु सबै केपी ओलीले सर्वसम्मतिका लागि पेश गरेको सूचीका हुन्। सूचीभन्दा बाहिर उम्मेदवारी दिएका भीम आचार्यले १३ सय र टंक कार्कीले ५ सय मत ल्याएर पराजित भए।

प्रतिक्रिया
सम्बन्धित समाचार