फिक्कल । इलामको सूर्योदय नगरपालिका वडा नं १२ मा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी को वडा कमिटी गठन भएको छ । तारा कुमार राईको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको हो । नव गठित कमिटीको उपाध्यक्षमा रमेश गर्तौला, मंगल सिहं लाप्चा, सचिवमा मान बहादुर राई, सह सचिवमा कविता राई र गंगाधर प्रधान चयन भएका छन् ।
भेलाले ४६ सदस्य कमिटी तयार गरेको र बाँकीलाई मनोनयन गरिने बताईएको छ । केन्द्रिय कमिटी सदस्य तथा प्रदेश नं १ की साँसद खिनु लुङ्वा लिम्बुको प्रमुख आतिथ्यता साथै जिल्ला कमिटी सचिवालय सदस्य तथा सूर्योदय नगरपालिकाका प्रमुख रण बहादुर राई को विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
जिल्ला तथा नगर कमिटीका अन्य पदाधिकारीको समेत उपस्थिती रहेको कार्यक्रममा अन्य विभिन्न पार्टी परित्याग गरि एकिकृत समाजवादीमा प्रवेश गर्न आएकाहरुलाई स्वागत गर्दै पार्टी प्रवेश गराईएको नगर कमिटी सदस्य सृजना राईले जानकारी दिइन् ।
कार्यक्रमको प्रमुख अतिथी लिम्बुले नेकपा एसको विकल्प नरहेको भन्दै देशको अग्रणी पार्टी बनाएर समृद्धिको नयाँ खाका तयार गर्न आवश्यक रहेकाले गाउँटोलबाट नै शसक्त रुपमा लागि पर्न आग्रह गरिन् । कार्यक्रमका विशेष अतिथी नगर प्रमुख राईले नेकपा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी खोल्नुको उद्धेश्य क्रान्तिको नयाँ लहर छाउनु रहेको बताउँदै अबका युवाशक्तीले नेकपा एसमा आएर परिवर्तनको क्रान्ति गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा इलाम जिल्ला समन्वय समितिका उपाध्यक्ष एवम जिल्ला कमिटी सदस्य चित्रकला बराइली, जिल्ला कमिटी सदस्य एवं नगर इन्चार्ज तारा नेपाल, जिल्ला कमिटी सदस्य एवं वडा नम्बर १२ का वडा अध्यक्ष डोलेन्द्र भारध्वोज, नगर कमिटी अध्यक्ष कमल गदाल, नगर कमिटी उपाध्यक्ष दिपक कुलुङ, सचिव लता अधिकारी र वडा नम्बर ६ का पार्टी इन्चार्ज छबि तिवारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।