Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

आफ्नै कारण बालुवाटारबाट बाल्कोट हुँदै बगरमा पुगे ओली : अध्यक्ष पञ्चा सिंह

आफ्नै कारण बालुवाटारबाट बाल्कोट हुँदै बगरमा पुगे ओली : अध्यक्ष पञ्चा सिंह

  • सन्देश सम्वाददाता
  • मंगलबार, मंसिर १४ २०७८


आफ्नै कारण बालुवाटारबाट बाल्कोट हुँदै बगरमा पुगे ओली : अध्यक्ष पञ्चा सिंह

इलाम । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले आफ्नै व्यवहारका कारण खड्गप्रसाद ओली बालुवाटारबाट बाल्कोट, बालकोटबाट बार्दली हुँदै बगरसम्म पुगेको बताएकी छन् ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस ईलामको आयोजनामा आयोजित नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन् । कार्यक्रममा बोल्दै उनले भनिन, ‘ संबिधान मास्ने प्रतिगामीहरुलाई संघिय सरकारबाट बाल्कोट, प्रदेश सरकारबाट घरघरमा पुर्याउन अखिल (क्रान्तिकारी) ले सडकको नेतृत्व गरेको छ ।’

माओवादीको एजेन्डामा देश हिडेको बताउदै अध्यक्ष सिंहले भनिन, ‘संविधान प्रदत्त मौलिक हक अधिकार कार्यन्वयनको लागि अखिल (क्रान्तिकारी ) ले संघर्ष गर्ने छ ।’ बैज्ञानिक र व्यवहारिक शिक्षा अखिल (क्रान्तिकारी) को मूल मन्त्र भएको बताउदै अध्यक्ष सिंहले यो एजेन्डाबाट आफुहरु टसमस नहुने बताईन ।

संबिधान मास्ने पार्टी चितवनबाट विघटन हुने भन्दै अध्यक्ष सिंहले विघटन पुर्व माओवादीको नेतृत्वमा भएको भरतपुरको विकास हेर्न सुझाईन । स्वागत कार्यक्रममा विभिन्न साँस्कृतिक कार्यक्रमहरु पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा कलाकार सुवोध गौतम (एदुमे) ले समेत आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रममा अखिल क्रान्तिकारीका निर्वतमान उपाध्यक्ष दिपेश पुनको विशेष आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार