Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

एमाले एकसिंगै गैडा जस्तै दुर्लभ हुँदैछ : काम्बाङ

एमाले एकसिंगै गैडा जस्तै दुर्लभ हुँदैछ : काम्बाङ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, मंसिर १० २०७८


एमाले एकसिंगै गैडा जस्तै दुर्लभ हुँदैछ : काम्बाङ

माई । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अजम्बर काम्बाङले केही समय भित्रै नेकपा एमाले चितवनको एकसिंगे गैडा जस्तै दुर्लभ हुने बताएका छन् । परिर्वतनको एजेन्डा छाडेर एमाले अध्यक्ष केपी ओली दक्षिणपन्थ भासका फसेको आरोप लगाउँदै काम्बाङलले जनताबाट परपर भाग्दै एमाले गैडाको शरणमा पुगेको बताए ।

इलामको माई नगरपालिकामा माओवादी केन्द्र प्रथम नगरसम्मेलनमा बोल्दै उनले भने ‘ कम्युनिष्ट पार्टीको झन्डालाई परिर्वतनको रक्तरञ्जित झन्डालाई जनताबाट खोसेर एकसिंगै गैडाको हातमा थमाएका छन् । हामी त्यसलाई फिर्ता ल्याउन चाहन्छौ । एमालेलाई चितवनको एकसिंगै गैडा जस्तै दुर्लभ बनाउन चाहन्छौ ।’

उनले नेकपा एमाले सिद्धान्तबाट बिचलित हुँदै दक्षिणपन्थ भासमा फसेको आरोप लगाए । काम्बाङले माओवादी र एकिकृत समाजवादीलाई दक्षिणपन्थी भन्ने केपी ओली आफै त्यसको नाइके भएको बताए ।

‘ नेकपा एमाले भन्ने पार्टी बढि व्यवहारमा केन्द्रित छ । आफै अवसरबादमा फसेको छ । माओवादी र एकिकृत समाजवादीलाई दक्षिणपन्थी भन्ने केपी ओली त्यसका नाइके हुन् ।’ उनले भने ‘दक्षिणपन्थको पक्षपोषण गर्ने केपी ओली १० औ महाधिवेशनको नाममा दक्षिणपन्थको विरुद्ध लड्ने नारा बोकेर हिडेका छन् ।’

एमालेले मस्कट बनाउने नाममा राजनितिक एजेन्डालाई पर लगिरहेको उनले आरोप लगाए । काम्बाङले पार्टी भित्र रहेका १० भैयामा राजनितिक रुपमा सौताको झै व्यवहार गरेको देखिएको बताए । उनले ओलीको निकटता भएकै कारण एक पटक पनि केन्द्रिय सदस्य भएकाले धमाधम पदाधिकारी घोषणा गरिरहेको बताए ।

पदाधिकारी भएकालेहरुले ओलीकै आशमा उम्मेदवारी पर्खनु दुःखद भएको बताए । उनले सर्वसम्मतको नाममा एमालेभित्र केन्द्रियता हावी हुँदै गएको समेत बताए । सर्वसम्मतको नामममा ओली बा हावी भएको बताए । जनताको बहुदलिय जनवाद र आर्थिक समृद्धि गौण बन्दै ओलीको पुर्ण कदको शालिक बनाउँदै जाने क्रम हावी भएको बताए ।

उनले आर्थिक परिर्वतनसंगै पार्टी जोडिनुपर्ने धारणा राखे । काम्बाङले एजेन्डाका हेरेर मत दिनुपर्ने बताए । उनले इलाम चियाको पर्याय भएपनि केही प्राविधिक समस्याका कारण अन्तराष्ट्रिय बजार पाउन नसकेको धारणा राखे ।

कार्यक्रममा माओवादी केन्द्र इलाम इन्चार्ज धिरेन्द्र शर्मा रमण, अनेरास्ववियू क्रान्तिकारीका निवर्तमान अध्यक्ष रञ्जित तामाङ, अखिल नेपाल ट्रेड मजदुर महासंघका अध्यक्ष भुपाल सापकोटा, नेपाली कांग्रेस माई नगर सचिव दिवाकर सिंह, एकिकृत समाजवादीका माई नगर अध्यक्ष अनिल तामाङ, जनता समाजवादी पार्टीका अध्यक्ष टुपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

माई नगर संयोजक धनकुमार लिम्बुको अध्यक्षतामा भएको कार्यक्रम सचिव चक्र कटुवालले संचालन गरेका थिए ।

https://www.facebook.com/rj.navin12/videos/320473479890747/

प्रतिक्रिया
सम्बन्धित समाचार