ताप्लेजुङ । नेपाली काग्रेसका सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवाले शनिवार प्रसिद्ध धार्मिक तीर्थ स्थल पाथीभरा दर्शन गर्ने हुनु भएको छ ।
इलाम मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाबी आमसभालाई सम्बोधन गर्न शनिवार ताप्लेजुङ आउदा प्रसिद्ध धार्मिक तीर्थ स्थलको दर्शन गर्ने नेपाली काग्रेस ताप्लेजुङले जनाएको छ ।
प्रधानमन्त्री देउवा १०ः३० बजे पाथीभरा दर्शन गर्ने कार्यक्रम रहेको नेपाली काग्रेस ताप्लेजुङले जनाएको छ । त्यसपछि ११ बजे देखि ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित चुनाबी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गूरुङले बताउनुभयो ।
प्रधानमन्त्री ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा ब्यवस्था कडा बनाईएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहा्दु्र बस्नेतले जानकारी दिनुभयो ।
सभापति देउवासँगै काग्रेस प्रबत्ता बालकृष्ण खाँण पनि आउने कार्यक्तम रहेको गुरुङले बताउनुभयो । जिल्ला स्तरीय कार्यक्रमा प्रधानमन्त्री देउवा,प्रबत्ता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उमेदवार केशव दाहाल प्रदेश सभा उमेृदवारहरु लीला बोखिम,दिपेन्द्रकुमार सेन्दाङ,समानुपातिक उमेदवार प्रतापप्रकाश हाङगाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको काग्रेसले जनाएको छ ।
प्रधानमन्त्रीले शनिवार ताप्लेजुङ,पाँचथर र सोलुखुम्बु कार्यक्रम रहेको काग्रेस केन्द्रिय कार्यालय जनाएको छ ।