इलाम । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत ३ मंसिर ९शुक्रवार० देखि प्रदेशसभा निर्वाचन क्षेत्र सुरु हुँदैछ । कांग्रेस केन्द्रीय महाधिवेशन २४(२६ मंसिरमा काठमाडौंमा हुने कार्यतालिका छ । महाधिवेशनको तीव्र तयारीमा लागेको कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो ।
सोही अनुसार इलामका ४ क्षेत्रमा आज अधिवेशन हुँदैछ । क्षेत्र नम्बर १ को प्रदेश क क्षेत्रको सूर्योदय नगरपालिकाको फिक्कल बजारमा प्रदेश ख क्षेत्रको रोङ गाउँपालिकाको कुँटीडाँडामा अधिवेसन हुनेछ । क्षेत्र नम्बर दुई प्रदेश क क्षेत्रको इलाम नगरपालिकाको नेपालटार बजारमा र प्रदेश ख क्षेत्रकोे माङ्सेबुङ गाउँपालिकाको गजुरमुखी धाममा अधिवेसन केन्द्र तय गरिएको जनाइएको छ ।
प्रदेश सभा क्षेत्रीय अधिवेशनले आफूमध्येबाट कम्तीमा तीन महिलासहित १० जना प्रत्यक्ष र महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट ६ जना प्रदेश सभा क्षेत्रको जनसंख्याको बनोटअनुसार, तोकिएबमोजिम समानुपातिक आधारमा गरी जम्मा १६ जना प्रतिनिधि निर्वाचित गर्नेछ ।
प्रदेश अधिवेशनको प्रतिनिधि हुन क्रियाशील सदस्यता प्राप्त गरेको तीन वर्ष पुगेको हुनुपर्नेछ । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव निर्वाचनबाट छानिनेछन् । कार्यसमितिमा आएका १६ जना प्रतिनिधिमध्येबाट कोषाध्यक्ष मनोनयन गरिनेछ ।
सभापतिले कार्यसमितिको २० प्रतिशत अर्थात् चार जना सदस्य मनोनीत गर्ने छन् । यसरी जनसंख्याका आधारमा प्रदेश सभा निर्वाचन समिति २७ सदस्यीय वा त्यो भन्दा केही तल-माथि हुनेछ ।