Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

शक्तिपिठ ताप्लेजुङ्गको पाथिभरा मन्दिर दर्शन गर्नेको लर्को (फोटो फिचर)

शक्तिपिठ ताप्लेजुङ्गको पाथिभरा मन्दिर दर्शन गर्नेको लर्को (फोटो फिचर)

  • लोकल सन्देश
  • बिहिबार, मंसिर २ २०७८


शक्तिपिठ ताप्लेजुङ्गको पाथिभरा मन्दिर दर्शन गर्नेको लर्को (फोटो फिचर)

ताप्लेजुङ्ग । पाथीभरा देवी विश्‍वास आस्था एवं पवित्रताकी देवी हुन । पाथीभरा देवीलाई अटल शौभाग्यकी प्रतिकको रूपमा पनि मानिन्छ । पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिकस्थल हो ।

फेदीबाट लेकाली अङ्गेरी, गोब्रेसल्लो, धुपी, गुराँसको जंगल मालिङोघारीको बाटो हुँदै लगभग २ घण्टा ठाडो उकालो हिंडेपछि पाथीभरादेवीको मन्दिर रहेको डाडाँको पश्‍चिमपट्टीको मुखमा फुत्त आईपुगिन्छ । कुम्भकर्ण हिमाल आफ्नो सम्पूर्ण हिमश्रृंखलाहरू साथैलिई स्वागतको लागि हतारहतार आएझैं भान पर्दछ ।

धाममा जानलाई कुनै जात, धर्म वा लिङ्गको भेदभाव छैन र बन्देज छैन । “मनमा शुद्धता, देवीप्रतिको भक्तिभाव राखे पुग्दछ । तर पाथीभरा धाममा गर्भवति, रजस्वला नछुने वा पर सरेकी भएकी महिला, बरखी बारेको, मनमा लोभ, पाप बोकेको मान्छे गएको खण्डमा उनीहरूको सर्वनाश हुन्छ, ठूलो क्षति हुन्छ” भन्ने जनधारणा रहिआएको छ ।

पाथिभरा देवीको निम्ति पशु बलि अनिवार्य नभए पनि बलि चढाउनु अति उत्तम मानिन्छ । काटमार नगर्नेहरूले देवीलाई स्वादिष्‍ट फलफूल तथा मिठाईको भोग चढाउँन सकिन्छ । त्यसैले सबै किसिमका श्रद्धालु भक्तजनहरूले देवीलाई सौन्दर्य प्रशाधनका सामाग्री जस्तै सिन्दुर, टीका, गाजल, काँगियो, आदि अनिवार्य रूपमा चढाउने गर्दछन ।

प्रतिक्रिया
सम्बन्धित समाचार