इलाम : एकीकृत अखिल नेपाल शिक्षक संगठन इलामको अध्यक्षमा उमाकान्त भट्टराई निर्वाचित भएका छन् । माओवादी केन्द्र निकट शिक्षक संगठनको दोस्रो परिषद भेलाबाट भट्टराईको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्य समिती निर्वाचित भएको हो ।
समितीको बरिष्ठ उपाध्यक्ष पुर्णबहादुर लिम्बु, उपाध्यक्ष रुपनारायण अधिकारी, गोमा पोखरेल, चम्पा भण्डारी र चन्द्र तामाङ निर्वाचित भएका छन् । सचिवमा अमृत बहादुर लिम्बु, अर्थ सचिव लोकराज लिम्बु, सहसचिव स् शेखर निरौला,ज्ञानेश्वर श्रेष्ठ र मुना लकान्द्री रहेका छन् ।
एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष राजेन्द्र चौहानको अध्यक्षता रहेको उदघाटन सत्रकाे कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य टिका घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा माओवादी केन्द्र इलामकी संयोजक सोममाया राई सिन्धु, एकिकृत अखिल नेपाल शिक्षक संगठनका प्रदेश अध्यक्ष लोकनाथ गजुरेल, केन्द्रिय सदस्य हरिचरण घिमिरे, माओवादी केन्द्र इलाम नगर अध्यक्ष प्रवाश शर्मा, कार्यालय सचिव प्रकाश परियार लगायतको आतिथ्यता रहेको थियो ।
गोमादेवी पोखरेलले स्वागत गरेको कार्यक्रम पुर्ण लिम्बुले संचालन गरेका थिए ।