इलाम । नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अध्यक्षमा रतन चौधरी चयन भएका छन् । मुटुलाई माया गरौँ भन्ने नाराका साथ स्थापना भएको प्रतिष्ठानको दोस्रो साधारण सभा तथा अधिवेशनबाट इलामका समाजसेवी रतन चौधरीलाई चयन गरेको हो ।
प्रतिष्ठानको उपाध्यक्षमा हिराकाजी घले र कृष्ण श्रेष्ठ चयन भएका छन् । सचिवमा रिता अधिकारी, सह सचिवमा सोमनाथ सुसेली, कोषाध्यक्षमा पर्शुराम सापकोटा र सह कोषाध्यक्षमा कमल श्रेष्ठ चयन भएका छन् ।
प्रतिष्ठानको सदस्यहरुमा उत्तम पौडेल, लक्ष्मी उप्रेती, होम बस्नेत, उमादेवी श्रेष्ठ र चन्दा कार्की रहेका छन् । त्यस्तै सदस्यमा प्रज्वल घिमिरे,टिका लुइटेल चयन भएका छन् । प्रतिष्ठानको स्थायी आमन्त्रित सदस्यमा संकर आचार्य चयन भएका हुन् । त्यस्तै सल्लाहाकारमा हिमालय कर्माचार्यको संयोजकत्वमा युद्धप्रसाद बैद्य, धर्म उप्रेती, बिष्णु दाहाल, पुण्य सिवाकोटी, होमनाथ अधिकारी, डा बन्धु कोइराला र डा प्रभु साहा रेहका छन् ।
हिमालय कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि संविधान सदस्य निर्मला प्रसाई, प्रतिष्ठानको केन्द्रिय सदस्य डा बन्धु कोइराला, जिल्ला समन्वय प्रमुख गणेश बराल, प्रमुख जिल्ला अधिकारी धु्रब बहादूर खड्का, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।
सधारणसभाको उद्घाटन सत्रमा संविधान सभा सदस्य निर्माला प्रसाई, जिल्ला समन्वय प्रमुख गणेश पसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्का, प्रतिष्ठानका केन्द्रिय सदस्य डा बन्धु कोइराला, प्रतिष्ठानका मोरङ कोषाध्यक्ष दिनेश श्रेष्ठ, सुनगाभा विकास संस्थाका सदस्य संकर आचार्यले संस्थाको प्रगतिको कामना गरेका थिए ।