फिक्कल । इलाका प्रहरी कार्यालय पशुपतिनगरले अवैध रुपमा नेपाल भित्र्याइएको रक्सी र अन्डा नष्ट गरेको छ । नेपाल–भारत सिमा नाकाबाट भन्सार छलेर विभिन्न मितिमा नेपाल भित्र्याइएको करिब ४ लाख रुपैया भन्दा बढि मुल्यको भारतीय रक्सी र अन्डा बरामद गरि नष्ट गरेको हो ।

प्रहरी कार्यालय परिसरमा इलाका मातहतका कार्यालयहरुले समेत बरामद गरेकाे ५० काटुन भारतीय सिक्किमे मक्स र २ सय क्यारेट सेतो अन्डा भन्सार कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ, स्थानीयबासिन्दा, संचारकर्मीको रोहबरमा नष्ट गरेको थियो । खुल्ला सिमानाको फाइदा उठाउदै विभिन्न समय बरामद गरिएको सामाग्रीहरु नष्ट गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक देउप्रसाद लिम्बुले बताए ।

उनले खुल्ला नाकाको फाइदा उठाउँदै अवैध सामाग्रीहरु नेपाल तर्फ आइरहेको सुचनाका आधारमा पछिल्लो समय सिमा क्षेत्रमा सादा पोशाकमा प्रहरीहरु खटाएको बताए । उनले सुराकी र स्थानीयबासिन्दाको सहयोगमा अवैध सामाग्री नियन्त्रणका लागि प्रयास गरिरहेको बताए ।

