इलाम । बैमौसमी झरी संगै चलेको बाढी र पहिरोमा परि इलाममा ७० करोड बढीको भौतीक सरचना क्षति पुगेको छ । बाढी पोहिरोमा परि १५ जनाको ज्यान गुमाएको इलाममा सबैभन्दा बढी कृषि बालीमा क्षति पुगेको हो ।
१५ जना नागरिकको ज्यान लिएको बेमौसमी वर्षात पछिको पहिरोले करोडौँ मूल्यको सरकारी र निजी संरचनामा क्षति पुगेको छ । वर्षातपछिको बाढी पोहीरोबाट दर्जनौ परिवारहरु घरबार विहिन भएका छन् । पोहिरोबाट इलाममा ७० करोड २९ लाख मूल्य बराबरको संरचनाहरुमा क्षति पुगेको हो ।

प्रहरी कार्यालयमा पूर्णरुपमा तथ्याङ्क संकलन भएको छैन । प्रहरी उद्धार र राहात वितरणको काम खटिरहेकाले जिल्ला प्रहरी कार्यालयमा दिनहुँजसो क्षतिको बिवरणको तथ्याङ्क संकलन भइहरहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख महेन्द्र कुमार श्रेष्ठले बताए ।
प्रहरीले सडक, विद्यालय, स्वास्थ्य केन्द्र, घर, भान्सा घर, गोठ, सरकारी कार्यालय, विद्युत, पुल, खानेपानी, सिचाई, नदी कटान, खेलमैदान र कृषि बालीको छुट्टाछुट्टै शिर्षकमा क्षतिको विवरण संकलन गरिरहेको छ ।

प्रहरीको तथ्याङ्क अनुसार १७ करोड २९ लाख बराबरको सडक पूर्वाधार, एक करोड ५८ लाख बराबरको विद्यालय, ३ करोड ३२ लाख बराबरको स्वास्थ्य संरचना र ७ करोड ६२ लाख बराबरको सर्वसाधारणको घरमा क्षति पुगेको छ ।

त्यस्तै ११ लाख बराबरको गोठ, १० लाख बराबरको सरकारी कार्यालय, १७ लाख बराबरको विद्युतिय संरचना, ५ करोड ६७ लाख बराबरको पुल र ४ करोड ७८ लाख बराबरको खानेपानी आयोजनामा क्षति पुगेको छ ।
प्रहरीको तथ्याङ्कमा २ करोड ६० लाख बराबरको सिचाई संरचना, नदी कटानबाट ८० लाख, खेलमैदान १५ लाख,२३ करोड ९५ लाख बराबरको कृषि बालीमा र २ करोड ३० लाख बराबरको पशु चौपायाहरु मरेका छन् । पोहिरोबाट मेची राजमार्गसँगै ग्रामीण क्षेत्रका सडकहरुमा धेरै क्षति भएकाले यातायात संचालनको काम भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी ध्रुब बहादूर खड्काले बताए ।

पहाडी जिल्ला र चुरेको भु–भाग रहेको इलाममा इलाममा बेमौसमी बर्षातले धेरैलाई घरबार बिहिन बनाएको छ । नेपालीहरुको महान चाँड दशैको उत्साह सकिन नपाउदै धरै नागरिक भावविहल बनाएको बाढी पहिरोले दोस्रो ठुलो पर्व तिहार पिडितका लागि खल्लो बनाएको छ ।