Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माई अस्पतालमा आँखा उपचार सेवा शुरु हुने

माई अस्पतालमा आँखा उपचार सेवा शुरु हुने

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक १४ २०७८


माई अस्पतालमा आँखा उपचार सेवा शुरु हुने

माई : इलामकाे माई अस्पतालमा आँखा उपचार सेवा सन्चालन हुने भएको छ। बिराटनगर आँखा अस्पताल, माई नगरपालिका र नेपाल नेत्र ज्योति संघ ईलामको साझेदारिमा सेबा केन्द्र सुरु गर्न लागिएको हो। आखाँ उपचार सेबा केन्द्र निर्माणका लागि कार्यपालिकामा निर्णय भई प्रकृया अगाडि बढेको माई स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले जानकारी दिए।

आँखा उपचार केन्द्र माई अस्पतालमा रहने छ। हप्तामा तीन दिन माई अस्पतालमा र अन्य तीन दिन समुदायमा पुग्ने लक्ष्य रहेको बिराटनगर आँखा अस्पतालका अध्यक्ष प्रभुनारायण चौधरीले बताए। माईका मेयर दिपक कुमार थेवेले आँखा उपचार केन्द्र माई क्षेत्रमा आबश्यक रहेकोले स्थापना गर्न लागिएको जानकारी दिए नागरिक स्वास्थ्य रहे मात्र स्वस्थ्य र सम्बृद्धि समाज निर्माण गर्न सकिने मेयर थेवेको भनाई थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार