नयाँबजार । इलामको माईजोगमाई गाउँपालिका सुर्योदय नगरपालिका जोड्ने सडकको एक सय ५० मिटर लामो पोहिरो हटाइएको छ । एक साता अघिको वर्षातसँगैको पोहिरोले ठप्प भएको माइजोगमाई वडा ३ हुँदै सुनपा १० जोड्ने शुक्रबारे सडकको पोहिरो हटाइएको हो । टारी माङचोक प्रेमेजोङ हाइड्रो हुदै सुन पा १० जोड्ने सडकमा यातायात संचालन गरिएको गाउँपालिका अध्यक्ष जित बहादूर राईले बताए ।

सो सडकमा पर्ने कजवे सडक खण्ड खसेको पोहिरो डोजरले ६० घण्टा लगाएर बाट खुलाएको हो । पोहिरो खोलिएसँगै यातायातका साधन संचालन भएपछि माईजोगमाईबाट सूर्योदय नगरपालिकाको फिक्कल बजार आवातजावतमा सहज भएको शताव्दि निर्माण सेवा का प्रोपाइटर गञ्जु प्रधान बताए । प्रधानले सडक खुलाउन आफ्नो डोजरको सहयोग समेत गरेका थिए ।