Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेकपा एमाले माईमा खम्बसिंह

नेकपा एमाले माईमा खम्बसिंह

  • सन्देश सम्वाददाता
  • बुधबार, कार्तिक १० २०७८


नेकपा एमाले माईमा खम्बसिंह

माई । नेकपा एमाले प्रथम माई नगर अधिवेशनबाट अध्यक्षमा खम्बसिंह लिम्बू निर्वाचित भएका छन् । उनले प्रतिद्वन्द्वी मुखराज आङदाम्बेलाइ हराउँदै जीत सुनिश्चित गरेका हुन् । लिम्बूले १७४ मत ल्याएर विजय बन्दा आङ्दाम्बेले १२९ मत मात्र ल्याउन सके । अध्यक्षमा निर्वाचित लिम्बु माई नगरपालिका वडा नं २ का वडाध्यक्ष समेत हुन् ।

पराजित बनेका आङ्दाम्बे माई नगरपालिका–६ का वडाध्यक्ष हुन् ।  यस्तै उपाध्यक्षमा नरेन्द्रबहादुर खड्का १८६ मत ल्याएर विजयी बन्दा उनका प्रतिद्धन्द्धी राधाकृष्ण अधिकारीले १०१ मत ल्याएर पराजय भोगे । पराजित अधिकारीले गत बर्ष नेकपा विभाजनपछि माओवादी केन्द्र छाडेर एमाले रोजेका थिए ।

यस्तै सचिवमा हेमबहादुर लायो मगरले १३४ मत ल्याएर विजयी बन्दा अन्य उम्मेदवार दुर्गाबहादुर विश्वकर्माको २८, मन बहादुर लिम्बु देवान ९६, ज्ञान बहादुर कटुबाल (३९ मत ल्याए ।  सहसचिवमा देविप्रसाद नेपाल १९३ मत ल्याएर विजयी बन्दा तोयानाथ घिमिरेले ९२ मत मात्र ल्याए ।

उपसचिवमा रुपा राई सर्वसम्मत रुपमा निर्वाचित भइन् । इलामको १० मध्ये ८ पालिकामा अधिवेशनबाट नेतृत्व चयन भएको छ । अन्य पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन हुँदा माई नगरपालिकामा मात्र निर्वाचन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार