Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा नेकपा एमालेको ५ पालिकाकाे नेतृत्व चयन ? अन्य पालिकामा सहमतीकाे प्रयास जुटाउँदै

इलाममा नेकपा एमालेको ५ पालिकाकाे नेतृत्व चयन ? अन्य पालिकामा सहमतीकाे प्रयास जुटाउँदै

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक ९ २०७८


इलाममा नेकपा एमालेको ५ पालिकाकाे नेतृत्व चयन ? अन्य पालिकामा सहमतीकाे प्रयास जुटाउँदै

फिक्कल । नेकपा एमाले इलामको ५ पालिकामा नेतृत्व चयन भएको छ । अन्य ३ पालिकाहरुमा सर्वसम्मत नेतृत्व चयनको लागि पहल भइरहेको छ । नेकपा एमाले को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन गरेको हो । एमालेले यसअघि नै कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको थियो । जसअनुसार ६ गते वडा अधिवेशन सम्पन्न भइसकेका छन् ।

इलाम नगरपालिका

आज भएको पहिलो अधिवेशनबाट इलाम नगरपालिकाको अध्यक्षमा तिलक ठकुरी निर्वाचित भएका छन् । उपाध्यक्षमा दीपेन्द्र चापागाईं चुनिएका छन् । सचिवमा ठाकुर श्रेष्ठ, ज्ञानु दाहाल र केशव खनालबीच सहमति प्रयास हुँदैछ । उपसचिवद्वयमा मनकुमार बराइली र चित्रमाया गुरुङ छानिएका छन् ।
देउमाई नगरपालिका
देउमाई नगर कमिटीको अध्यक्षमा भीमलाल खनाल चुनिएका छन् । उपाध्यक्षमा दाबा तामाङ, सचिवमा नेत्र ढुंगेल तथा उपसचिवद्वय गंगा भट्टराई र चिजुमाया राई चुनिएको विद्यार्थी नेता प्रवेश पराजुलीले जानकारी दिए ।
माईजोगमाई गाउँपालिका
नेकपा (एमाले) माइजोगमाई गाउँपालिका कमिटी अध्यक्षमा खगेन्द्र घिमिरे चयन भएका छन् । उपाध्यक्षमा सोनाम शेर्पा, सचिवमा भेषराज भट्टराई (राजीव) तथा उपसचिवद्वयमा धनबहादुर सुवेदी र अमर देवान चयन भएको नवनिर्वाचित सचिव भट्टराईले जानकारी दिए ।
सूर्योदय नगरपालिका
नेकपा (एमाले) सूर्योदय नगर कमिटी नेतृत्वका लागि मनोनयन दर्ता भइरहेको छ । अहिलेसम्म अध्यक्ष पदमा उपमेयर दुर्गादेवी भट्टराईको नाम चर्चामा छ ।
सन्दकपुर गाउँपालिका
नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्षमा दीपक गुरुङ र गिरीराज खनाल तथा उपाध्यक्षमा छत्र दियाली चन्द्र राईबीच सहमतिको प्रयास जारी छ । सचिवमा केबल राई तथा उपसचिवद्वय पुरण कटुञ्जेली राई र सिद्धार्थ राई चुनिएको विद्यार्थी नेता दिनेश ढकालले बताए ।

रोङ गाउँपालिका
नेकपा एमाले रोङ गाउँ कमिटीको प्रथम नगर अधिवेशनबाट अध्यक्षमा खड्ग आले निर्वाचित भएका छन् । उपाध्यक्षमा सत्यम् राई, सचिवमा उपेन्द्र न्यौपाने चयन भएका छन् । यस्तै, सहसचिवमा सरन तामाङ र दुर्गा अधिकारी निर्वाचित भएका छन् । अधिवेशनले ४७ सदस्य कमिटी गठन भएको एमाले जिल्ला कमिटी सदस्य एवम् रोङ सह–इञ्चार्ज विष्णुमाया भुजेलले जानकारी दिइन् ।
चुलाचुली गाउँपालिका
नेकपा (एमाले) चुलाचुली गाउँपालिकाको अध्यक्षमा दुर्गा लिम्बू चयन भएका छन् । उपाध्यक्षमा गोविन्द कोइराला तथा उपसचिवद्वयमा जुनु लिम्बू र पदम रिजाल चयन भएको एमाले नेता ओमनारायण खनालले उल्लेख गरेका छन् ।
माई नगरपालिका
माईमा बन्द सत्र सुरु भरखरै भएको छ। सहमतिको कमिटी बन्नु पर्दछ भन्ने प्रतिनिधिहरुको माग छ। अहिले पार्टीको प्रतिवेदन प्रस्तुत गरिँदैछ । बन्दसत्रपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुने प्रेस चौतारी इलामका अध्यक्ष विमलकुमार दाहालले जानकारी दिए । नगरको अध्यक्ष पदका लागि ६/७ जनाले इच्छा देखाएपनि मुखराज आङ्देम्बे र खम्बासिंह लिम्बूको नाम बढी चर्चामा छ ।

फाकफोथुम गाउँपालिका र माङ्सेबुङ गाउँपालिकामा वडा अधिवेशन समेत भएको छैन् । केही दिन अघिको बाढी पहिरोबाट सवैभन्दा बढि प्रभावित बनेका २ पालिकामा वडा अधिवेशनका लागि कामहरु अघि बढाइएको छ । फाकफोकथुमले कार्तिक १३ गते वडा र कार्तिक १६ गते गाउँपालिका स्तरिय अधिवेशन गर्ने जनाएको छ ।

गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले सुचना जारी गर्दै अधिवेशन भव्यताको साथ सम्पन्न गर्न कार्यकर्ताहरुलाई निर्देशन जारी गरेका छन् । माङ्सेबुङमा अधिवेशनको मिति तय भएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार