Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढी पहिरो पिडित किसानलाई राहत दिन माओवादी केन्द्र सूर्योदयको माग

बाढी पहिरो पिडित किसानलाई राहत दिन माओवादी केन्द्र सूर्योदयको माग

  • लोकल सन्देश
  • सोमबार, कार्तिक ८ २०७८


बाढी पहिरो पिडित किसानलाई राहत दिन माओवादी केन्द्र सूर्योदयको माग

फिक्कल । नेकपा माओवादी केन्द्र सूर्योदय नगर समितिले बाढी र पहिरोबाट किसानहरु मारमा परेकाले अबिलम्ब यस बारेमा सोच्न स्थानीय सरकारलाई माग गरेका छन् । कृषि क्षेत्र मा सवैभन्दा बढि प्रभाव परेकाले किसान सहायता कोष स्थापना गरेर सहयोग गर्न माओवादी केन्द्रले माग गरेको हो ।

पार्टीका नगर इन्चार्ज प्रविन तिम्सिना र अध्यक्ष संदिप तामाङले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ । ‘बाढी पहिरोबाट सवैभन्दा बढि मारमा परेका किसानहरुलाई कृषि सहायता कोष खडा गरी राहत र क्षतिपुर्ति दिलाउन जोडदार माग गर्दछौ । ’

बाढी पहिरोमा फसेकाहरुको उद्धार र राहतसंगै घाइतेहरुको निःशुल्क स्वास्थ्य उपचारका साथै बिचल्लीमा परेका नागरिकहरुलाई खानपान र बसोबासको व्यवस्था मिलाउन माओवादी केन्द्रले स्थानीय सरकारसंग अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार