Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक ६ २०७८


विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा

विराटनगर :डुबानका कारण अवरुद्ध भएको विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आएको छ। विमानस्थनमा शनिबार बिहान ८ बजेदेखि सञ्चालनमा आएको विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रमुख उत्सब खरेलले जानकारी दिए। उनका अनुसार साँझको उडान भने विमानस्थलको सबै उपकरण चेकजाँचपछि मात्र सञ्चालन हुनेछ।

उनले भने, ‘विमानस्थलको सबै उपकरणको चेकजाँच नसकिएकाले साँझको उडान छैन र विहान ८ बजेदेखि बेलुका ५ बजेसम्म मात्र उडान हुनेछ।’ लगातारको वर्षापछि केसेलिया खोलामा आएको बाढी मंगलबार विमानस्थलमा पसेपछि विमानस्थल अवरुद्ध भएको थियो।

विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएको थियो। विराटनगरमा सेवा अवरुद्ध भएपछि विमान कम्पनीहरूले झापाको भद्रपुरबाट र सप्तरीको राजविराजमा उडान थपेर सेवा दिइरहेका छन्। विराटनगर विमानस्थलमा बुद्ध एयरले दैनिक नौ र यति एयरले दैनिक पाँचवटा उडान भर्दै आएको छ। यस्तै‚ सौर्य एयर र श्री एयरलाइन्सले ४–४ र गुण एयरले एक उडान भर्दै आएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार