नयाँबजार । अविरल बर्षाका कारण इलामको फिक्कल–गुप्ती–नयाँबजार सडकखण्डमा पर्ने मैयू खोलाको पुल बाडिले बगाउँदा जनजिवन प्रभावित बनेको छ । बाढीका कारण पुलमा क्षति हुँदा सवारी साधन आवागमन र मान्छेको आवतजावत विगत ३ दिनदेखि पुर्ण बन्द रहेको हो ।
२ दिन सम्म परेको अबिरल बर्षाका कारण बाटो धेरै ठाउँ भत्किएको छ । दशै मनाउन आएका पाहुनाहरु समेत रोकिएका छन । गत मंगलबार राती बगाएको पुल बनाउन बाटो ठेकेदार कम्पनी तथा मन्त्रालयसँग सम्यन्वय गरि शनिबार बाट बाटो निर्माण गर्न थालिने माईजोगमाई गाउँपालिका अध्यक्षका स्वकिय सचिव संजिव थामिले जानकारी दिए ।
फिक्कल जाने बैकल्पिक बाटोको रुपमा नयाँबजारबाट जोगमाई गोर्खे हुँदै जिलबाट बाटो खोलिएको छ । प्याङ्ग-पंचमी हुँदै सन्दकपुरको सिमानासम्म माईजोगमाई गाउँपालिका आवतजावत गर्ने बाटो पनि आज देखि खुलाएको जनाइएको छ । नयाँबजारबाट सोयाङ्ग हुँदै इलाम जाने बाटो भोलिबाट खुलाइने थामीले जानकारी दिए ।
यता नामसालिङ्गबाट इलाम जाने बाटो भने नेपाली काङ्ग्रेसका नेता तथा समाजसेवी डम्बर खडकाले आफ्नै खर्चमा जेसिबी प्रयोग गरेर खोलिदिएका छन् । फिक्कल–गुप्ती–नयाँबजार सडकको मर्मत सुर्योदय नगरपालिका र माइजोगमाई गाउपालिकाले सहकार्य गरेर आ आफ्नो क्षेत्रको मर्मत शनिबारबाट सुरु गरिने माइजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईले जानकारी दिए ।
मैयू खोलाको पुल मर्मत भने पुर्वाधार बिकास कार्यालय झापाले गर्ने राईले जानकारी दिए । २ दिनको बर्षाका कारण देशभरकै जनजिवन अस्तव्यस्त बनेको छ ।
https://www.facebook.com/sanjeeb.thami/videos/588662089000234/