Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मेची राजमार्गको पाँचथर खण्ड खुल्दै

मेची राजमार्गको पाँचथर खण्ड खुल्दै

  • सेसेहाङ लावती
  • बिहिबार, कार्तिक ४ २०७८


मेची राजमार्गको पाँचथर खण्ड खुल्दै

पाँचथर । झापाको चारआलीदेखि ताप्लेजुङको सुकेटारसम्म जोड्ने मेची राजमार्ग पहिरोका कारण लथालिङ्ग भएको सडक अवरुद्ध हटाउने कार्य जारी रहेको पाँचथर प्रहरीले बताएको छ । ठाँउ ठाँउमा पहिरो झरेर सडक अवरुद्ध भए पछि दसैँ मान्न गएका तथा फर्किदैँ गरेकाहरु बाटोमा अलपत्र भएका छन् । ताप्लेजुङमा रहेकी प्रसिद्ध पाथिभरा देवीको दर्शन गर्न हिँडेका र फर्किएकाहरु हेवाँ खोला र फिदिम लालीखर्कमा बसिरहेका छन् । अब एक घन्टाभित्रमा पाँचथर खण्डमा यातायात सञ्चालन हुने प्रहरीले बताएको छ । पाँचथर सदरमुकाम फिदिम, ताप्लेजुङ सदरमुकाम फुङलिङ जोड्ने मुख्य सडकको रुपमा मेची राजमार्ग रहेको छ । बैकल्पिक सडक नहुदाँ समस्या भएको हो । घर नभएका एकान्तको बाटामा यात्रुहरु अलपत्र देखिन्छन् ।

पाँचथरदेखि इलामको रक्सेसम्म्मको सडक अब एक घन्टाभित्रमा हटाइसक्ने र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताइएको छ । राँकेदेखि फिदिम खण्ड हिजो राति अवेरसम्म खुलाउनका लागि प्रयास भएको थियो । तर, सम्भव हुन सकेन । आज पनि सडक खुलाउने प्रयास भइरहेको र अब केही समयपछि पाँचथर खण्डको अवरुद्ध हटाउने प्रयास भइरहेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुन्यप्रसाद ढकालले जानकारी दिए । पाँचथर पर्ने राँके फिदिम खण्ड खुलाउनका लागि चार वटा स्काभेटर, नेपाली सेना, सशस्त्र प्रहरीको टोली खटिएको छ । सडक खुलाउने ठाँउमा रहेका प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार पहिरो भएका ठाँउमा एकतर्फी खुलाउने प्रयास भए पनि दजर्नौं ठाँउमा पहिरो खसेकाले समस्या छ ।

पाँचथर ताप्लेजुङ खण्डअन्तर्गत थापाटार नजिकै सडक नै बगाएको छ । जताततै पहिरो खसेका छ भने सडकमा लेदो र पानी बगिरहेको देखिन्छ । यात्रुहरु विभिन्न ठाँउमा रोकिएका छन् । मंगलबार रातिदेखि नै यात्रुहरु बीच बाटोमा रोकिएका हुन् । यसका साथै तमोर करिडर, मध्यपहाडी लोकमार्गका विभिन्न सडक पनि अवरुद्ध छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार