Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रेस यूनियन इलामद्धारा ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता’ पुरस्कारको घोषणा

प्रेस यूनियन इलामद्धारा ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता’ पुरस्कारको घोषणा

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज २४ २०७८


प्रेस यूनियन इलामद्धारा ‘रामप्रसाद दुलाल स्मृति पत्रकारिता’ पुरस्कारको घोषणा

इलाम । नेपाल प्रेस यूनियन इलाम शाखाले जिल्लामै सर्वाधिक धनराशि पुरस्कारको स्थापना गरेको छ । बार्षिक रुपमा इलामका एक क्रियाशिल पत्रकारलाई २० हजार रुपैंयाँ धनराशि पुरस्कार प्रदान गर्नेगरी ‘रामप्रसाद दुलाल स्मृति पत्रकारीता’ पुरस्कारबाट पुरस्कृत गर्ने भएको हो ।

बिजयादशमी, दिपावली तथा छठ पर्वको अवसर पारेर जिल्लाको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर उक्त पुरस्कारको घोषणा गरेको हो । जिल्लामा बिभिन्न बिधामा पत्रकारले पुरस्कार पाउँदै आएका छन् । तर यो पुरस्कार जिल्लामै सबैभन्दा धेरै धनराशिको पुरस्कारको घोषणा गरेको युनियनकी अध्यक्ष सबिता पाण्डेले बताइन् ।

कृषि, स्वास्थ्य, पर्यटन र शिक्षा क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारले यो पुरस्कार पाउनेछन् । उक्त पुरस्कारको राशि इलामनगरपालिका ४ पुवाखोलाका स्वर्गीय रामप्रसाद दुलालका परिवारले उपलब्ध गराउनेछन् । स्वर्गीय रामप्रसाद दुलालले नेपाली काँग्रेसको राजनीतिमा लागेर प्रजातन्त्र स्थापनामा महत्वपूर्ण योगदान पुर्याएकाे भन्दै उनको परिवारले हरेक बर्ष नेपाल प्रेस यूनियन इलाम शाखा मार्फत पुरस्कार प्रदान गर्ने भएपछि यूनियनले रामप्रसाद दुलाल स्मृति पत्रकारीता’ पुरस्कारको घोषणा गरेको हो ।

दुलाल परिवारले गरेको सो कार्य जिल्लामै निकै प्रशंसनिय रहेको र पत्रकारीता क्षेत्रमा लागेर कलम चलाइरहने पत्रकारलाई यस पुरस्कारले थप हौसला प्रदान गर्न मद्धत पुग्ने यूनियनका केन्द्रिय सदस्य माधव चम्लगाईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार