फिक्कल । इलामको सूर्योदय नगरपालिका–११ मा नेकपा एकिकृत समाजवादी वडा कमिटि गठन भएको छ । धनराज राईको अध्यक्षतामा ५३ सदस्यीय वडा कमिटि गठन भएको हो । कमिटिको सचिवमा बलबहादुर राई चयन भएका छन् ।
नेकपा एकिकृत समाजवादी इलामका नेता रणबहादुर राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगर इन्चार्ज तारा नेपाल, नगर कमिटि अध्यक्ष कमल गदाल, सचिव लता अधिकारी, वडा इन्चार्ज डिल्ली आचार्य, युवा नेता दिपेश राई लगायतको उपस्थिती रहेको थियो । पछिल्लो समय समाजवादीले सूर्योदयमा संगठन विस्तारलाई तिव्रता दिएको छ ।