इलाम । माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल इलाम नगरपालिका–९ को कमिटि दिपेश राना मगरको अध्यक्षतामा २९ सदस्यीय कमिटि पुर्नगठन गरिएको छ । कमिटिको उपाध्यक्षमा गोविन्द लिम्ब र अशेष राई, सचिव लोकेन राई, सहसचिव विकास लिम्बु र उज्जवल चौहान र कोषाध्यक्षमा राहुल गिरी रहेका छन् ।
सदस्यहरु रोहित थापा समीर लिम्बु प्रजिन थापा तिर्थ नेम्वाङ रोशन शिवा बिवस राई अनिश खुलाल खड्क राई शेखर अधिकारी प्रजवल थापा मिशन राई बिपराज नेम्बाङ बिकाश बस्नेत अभिषेक कार्की रहेका छन् । माओवादी केन्द्र वडा नं ९ काे सचिव रुद्र शर्माको अध्यक्षता र नगर अध्यक्ष प्रवाश शर्माको प्रमुख आतिथ्यता रहेकाे थियाे ।
भेलामा जिल्ला समन्वय समिती सदस्य तथा योङ कम्युनिस्ट लिग नेपाल इलाम जिल्ला अध्यक्ष बिक्रम लिम्बूको विशेष आतिथ्यतामा भएको भेलामा वाइसिएल इलाम नगर इन्चार्ज क।कमल दुलाल लगायतको आतिथ्यता रहेको थियो ।