Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्र माई नगरपालिका–१ मा उदय

माओवादी केन्द्र माई नगरपालिका–१ मा उदय

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज १८ २०७८


माओवादी केन्द्र माई नगरपालिका–१ मा उदय

माई । माओवादी केन्द्रले संगठन चलायनमान बनाउन इलामका विभिन्न क्षेत्रमा वडा कमिटि निर्माणलाई प्राथमिकतामा राखेको छ । सोही अनुसार इलामको कान्छो नगरपालिका माईमा समेत संगठन पुर्नगठनलाई तिव्रता दिइएको छ । केन्द्रले वडा कमिटि गठनलाई तिव्र रुपमा अघि बढाएको हो ।

माओवादी केन्द्रको माई नगरपालिका वडा नं १ कमिटिको अध्यक्षमा उदय राई हेम निर्वाचित भएका छन् । आइतबार सम्पन्न भेलाले हेमको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि निर्वाचित गरेको हो । उपाध्यक्षमा प्रमिला मगर राई, सचिव राजेन्द्र रावाली राई, सहसचिव कृष्णमाया राई र कोषाध्यक्षमा जंगबहादुर आस्लामी मगर निर्वाचित भएका छन् ।

पार्टीका नगर कमिटि अध्यक्ष धनकुमार लिम्बुको प्रमुख आतिथ्यतामा भएको भेलामा माओवादी केन्द्र जिल्ला समन्वय समितिहरु सदस्य भक्त लुङ्गेली र हरि चम्लगाई अविेशक लगायत नगर सचिवालय सदस्यहरुको आतिथ्यता रहेको थियो । आज वडा नं ३ को नेतृत्व चयन गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार