Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिका र स्वीस राजदुत क्यापलरबिच छलफल

सूर्योदय नगरपालिका र स्वीस राजदुत क्यापलरबिच छलफल

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ११ २०७८


सूर्योदय नगरपालिका र स्वीस राजदुत क्यापलरबिच छलफल

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले नेपालको लागि स्विरजरल्यान्डकी राजदुत एलिजाबेथ भोन क्यापलरसंग कृषि, पर्यटन, प्रविधि र विकासको बारेमा छलफल गरेको छ । नगरपालिकाको सभाहलमा नगर प्रमुख रणबहादुर राई र कर्मचारीहरुले सूर्योदयमा कृषि र विकासका सम्भावना, अवसर र चुनौतीको बारेमा छलफल गरेको हो ।

नगर प्रमुख राईले सूर्योदय नगरको अवस्थाको बारेमा जानकारी गराउँदै किसानहरुको उत्पादनलाई सहज रुपमा बजारको पहुँचमा पुग्नका लागि सफटवेयर विकास गर्नुपर्ने आवश्यकता देखिएको बताए । उनले किसानहरुले घरमै बसेर बजारको अवस्था बारेमा थाहा पाउन सके सहज हुने बताए । नगरपालिकाका कर्मचारीहरुले बालमैत्री नगर घोषणा, अनुदानका कार्यक्रम, वडा कार्यालयमा इन्टरनेटको पहुँचका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रमुख प्रशासकिय अधिकृत प्रकाशराज पौडेलले संवेदनशिल भुमि उपयोग योजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता देखिएको बताए । उनले योजना निर्माण भएको खण्डमा खेती प्रणाली र वस्ती व्यवस्थित गर्न सजिलो हुने बताए । नगरका प्रतिनिधिहरुले कृषि र पर्यटनमा रणनितिक योजना बनाउनुपर्ने बताए ।

राजदुत क्याप्लरले सहयोगको लागि तयार रहेको बताइन् । क्याप्लर सहितको टोलीले सूर्योदय नगरपालिकाका संचालित साना सिचाई परियोजनाको अनुगमन समेत गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार