Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

नेपाली काँग्रेस फाकफोकथुम सभापतिमा डिकबहादुर थापा

नेपाली काँग्रेस फाकफोकथुम सभापतिमा डिकबहादुर थापा

  • लिला लिम्बु
  • शनिबार, असोज ९ २०७८


नेपाली काँग्रेस फाकफोकथुम सभापतिमा डिकबहादुर थापा

फाकफोकथुम । नेपाली काँग्रेस फाकफोकथुम गाउँपालिका सभापतिमा डिकबहादुर थापा निर्वाचित भएका छन् । उनले ६४ मत पाएका छन् । थापा वडा नँ ६ का वडाध्यक्ष समेत हुन् ।  थापाका निकटतम प्रतिद्धन्द्धी टेकविर नेम्बाङले ५७ र रामकुमार श्रेष्ठले ५० मत प्राप्त गरेका छन् । श्रेष्ठ फाकफाेकथुम गाउँपालिका अध्यक्ष समेत हुन् ।

उपसभापतिमा कृति आले र देउमान दलार्मी निर्वाचित भएका छन् । आलेले ७७ र लिम्बुले ६१ मत पाएका छन् । ६१ मत नै पाएका कमनसिंह लिम्बुले चिठ्ठा तान्दा दलार्मीसंग पराजित बन्न पुगे । सचिवमा सागर लिम्बु र नरेन्द्र थापा निर्वाचित भएका छन् । लिम्बुले ९४ र थापाले ६५ मत पाएका छन् । अर्का उम्मदेवार सिपि बोहोराले ६१ मत प्राप्त गरे ।

त्यसैगरी सहसचिवमा बेदप्रसाद खड्का र घनश्याम चम्लगाई निर्वाचित भएका छन् । खड्काले ८२ र ले चम्लगाईले ६८ मत प्राप्त गरे । अर्का उम्मेदवार सन बहादुर रानाले ६२ मत प्राप्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार