Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

९ औ महाधिवेशन पछि केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भास तर्फ धकेले : खनाल

९ औ महाधिवेशन पछि केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भास तर्फ धकेले : खनाल

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज ६ २०७८


९ औ महाधिवेशन पछि केपी ओलीले पार्टीलाई दक्षिणपन्थी भास तर्फ धकेले : खनाल

इलाम । नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले ९ औ महाधिवशेनपछि एमालेलाई केपी ओली नेतृत्वले पार्टीलाई दक्षिणपन्थी भास तर्फ धकेलेको बताएका छन् । उनले साहना प्रधान लगायतको योगदानबाट बनेको एमाले पार्टीलाई केपी ओलीले क्रान्तिकारी कार्यदिशालाई परित्याग गरेर दक्षिणपन्थी र गुटवादको दिशा तर्फ धकेलेको आरोप लगाए । सहाना प्रधानको ७ औ स्मृति दिवसको अवसरमा सम्बोधन गर्दै खनालले एमालेलाई व्यक्तिवाद तर्फ धकेल्दा पार्टीको विकासक्रम सवै क्षेत्रमा रोकिएको खनालले बताए ।

शिर्ष नेता र कार्यकर्ताहरुमा पदलोलुप्ता र भ्रष्टचारको भावना फैलिदै गएपछि एमालेको चरित्र बदलिन थालेको खनालले बताए । उनले पार्टी रुपान्तरण र पुर्ननिर्माणका लागि प्रयत्न चलाएपनि ओलीको गुट हावी हुँदा सम्भव नभएकाले विद्रोह गरिएको उल्लेख गरे । ‘ कतिपयले हाम्रो विद्रोहलाई विभाजन र विनासको रुपमा चित्रित गरेका छन् तर हामीले गरेको विद्रोह अग्रगती र पुर्ननिर्माणका साथै अग्रदिशामा बढाउने ऐतिहासिक कदम हो । ’ खनालले भने ‘ नेकपा एकिकृत समाजवादी नेकपाको सच्चा उत्तराधिकारी पार्टी हो र नेकपा एमालेको पनि सच्चा उत्तराधिकारी । ’

खनालले नेपाली कम्युनिष्ट आन्दोलनका घटकहरु रुपान्तरण हुँदै जानुपर्ने बताउँदै बलियो पार्टी निर्माणमा दृढतापुर्वक लाग्न आग्रह गरे । ‘ हामीले शक्तिशाली पार्टी निर्माण गरेर देशको कम्युनिष्ट आन्दोलन अघि बढाउँदै कमरेड साहना प्रति श्रद्धाञ्जली व्यक्त गर्न सक्छौ ।’ उनले भने ‘ २०६२÷६३ को जनक्रान्ति पछि नयाँ परिस्थितीमा प्रवेश गरेका छौ । जनवादी क्रान्तिपछि समाजवादी क्रान्तिको नयाँ युगमा प्रवेश गरेका छौ यसको ठिक ढंगले विश्लेषण गर्नुपर्छ ।’

अहिलेको समाज अर्ध उपनिवेश र सामन्ती समाज नभएको उल्लेख गर्दै खनालले पुँजीवादी समाज भएको बताए । उनले अहिलेको समाज रुपान्तरण भनेको पुँजीवादी समाजमा रुपान्तरण भएको बताए । उनले पुँजीवादी समाजवादमा रुपान्तरण गर्न माक्र्सवाद, लेनिनवादलाई अनुसरण गर्दै त्यसको आधारमा विश्लेषण गरेर समाजवादी लक्ष्य तर्फ अघि बढ्नुपर्ने उल्लेख गरे । खनालले लक्ष्य प्राप्ती गर्न नीति, सिद्धान्त, कार्यशैली र ढाँचा बनाउनुपर्ने भएकाले अहिले त्यसैमा काम गरिरहेको उल्लेख गरे । ‘ स्वभाविक रुपमा नयाँ पार्टी निर्माण नयाँ चिन्तन, कार्यदिशा र पहलका साथ अघि बढे मात्र कम्युनिष्ट आन्दोलन बलियो जगमा स्थापित हुन्छ । ’ खनालले भने

सहाना प्रधानलाई स्मरण गर्दै खनालले देशको कम्युनिष्ट लोकतान्त्रिक र महिला मुक्ति आन्दोलनमा शिर्ष नेता रहेको उल्लेख गरे । खनालले निरंकुश जहानीय राणा शासनकालबाट संघर्षशिल अगुवाको रुपमा अघि बढेकी साहना ०७ सालपछि राजतन्त्रको षडयन्त्र विरुद्ध मात्र नभई १७ सालपछिको ३० बर्ष पञ्चायती शासनकालमा समेत प्राज्ञिक र राजनितिक रुपमा संघर्ष गरेको स्मरण गरे । उनले २०४६ सालको जनआन्दोलनमा बाममोर्चाको नेतृत्व गरेकी साहनाले त्यसपछि नयाँ संविधान र निर्वाचनको लागि महत्वपुर्ण भुमिका खेलको स्मरण गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार