इलाम । सातौ संविधान दिवसको अवसर पारेर इलाम सदरमुकाममा रक्तदान कार्यक्रम गरिएको छ । एमाले निकट राष्ट्रिय युवा संघ इलाम नगर कमिटिको आयोजनामा तथा नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा ८८ पिन्ट रगत संकलन गरिएको छ । सदरमुकाममा संकलित रगत नेपाल रेडक्रस सोसाइटीको बिराटनगर रक्त सञ्चार केन्द्रमा पठाएको छ ।
चाडपर्व नजिकिदै गर्दा सडक दुर्घटना धेरै हुने भएकाले रगतको अभाव हुन नदिन र युवाहरुले मानवीय तथा सामाजिक त्रिmयाकलाप अन्तर्गत संविधान दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरिएको राष्ट्रिय युवा संगठनका इलाम इञ्चार्ज छवि श्रेष्ठले जानकारी दिए ।