इलाम । नेकपा एकिकृत समाजवादीको नेता राजेन्द्र पाण्डेले संविधान,संघीयता र समावेशिता मास्ने र धर्मलाई प्रयोग गरि शक्तामा बस्ने ओलीको योजना असफल पारिएको बताएका छन् । संघीयतालाई समाप्त पार्ने र धर्मलाई प्रयोग गरेर लामो समय शासन सत्तामा बस्ने योजना भएपनि प्रतिगमन बिरोधि आन्दोलनबाट ओलीको योजना असफल भएको उनले बताए ।
एमालेको नेतृत्व जनवादी केन्द्रियताको सिद्धान्त अनुसार, लेनिनवादी सिद्धान्त अनुसार अघि बढ्न नसकेकाले क्रान्तिकारी धार एमाले भित्र भुत्तो भएकाले नयाँ अभियानका साथ पार्टी गठन गरेको पाण्डेले बताए । इलामको फिक्कलमा संचारकर्मीसँग कुरा गर्दै पाण्डेले २०७४ को निर्वाचन पछि केपि ओलीमा दम्भ र अंहङ्कार चुलिएको र अहिले सत्ताबाट निस्किएपछि बार्दलीबाट पोखिन थालेको बताए ।
दुईतिहाई नजिक संसद संख्या रहको पार्टी र संसद विगठन गरि फेरि दुईतिहाईको खोजिमा केपि ओली लाुग्नु अचम्म लागेको भन्दै पाण्डेले भने– अब एमालेबाट एक तिहाई मत ल्याउन सक्दैन । एमाले र माओवादी गठबन्धन नगरेको भए २०७४ सालमा संसदीय निर्वाचनमा एमाले एक्लैले ५० सिट मात्रै जित्ने अवस्था थियो’ । पाण्डले भने– ‘बाम गठबन्धनबाट प्राप्त भएको मत र सफलतामा ओली एक्लैले जस लिन खोज्दा नेकपाको एकता जोगिएन नसकेको हो । उनले सबै स्थानीय तह र वडा तहमा पार्टीको संगठन शसक्त बनाइने र इमान्दारिपूर्वक संघीयता सहितको संविधान रक्षाका लागि लड्ने बताए ।
पाण्डेले चाडै नै प्रदेश एक र बागमती प्रदेशमा नेकपा एसको नेतृत्वमा प्रदेश सरकार बन्ने बताए । प्रदेशमा दुई÷दुई वटा सरकारले नेतृत्व गर्ने गठबन्धमा सहमती भएको पाण्डेले बताए । एमाले भित्र व्यक्तिलाई सम्राट बनाउने तयारी भएको बताउँदै पाण्डेले नेकपा एस सामुहिक नेतृत्वमा जाँदै जनताको बहुदलिय जनवाद (जबज) को जगमा समाजवादको यात्रामा जाने बताए ।
चारवटा राजनितिक दलको गठबन्धन गरेर चुनावमा जाने बताउँदै उनले नेपाली काँग्रेससंग कतिपय स्थानमा तालमेल हुने जनाए । चुनाव पछि समेत गठबन्धनको सरकार बनाइने पाण्डेले बताए । ओली नेतृत्वको सरकार तानाशाही बनेको आरोप लगाउँदै पाण्डेले ओलीको भुमिका जनतालाई राहत दिने भन्दा पनि कमाउने तिर बढि ध्यान केन्द्रित बनेको बताए । नेकपा एमालेको सिंगो पार्टीलाई सच्याउन ओली तयार नभएपछि छुट्टै योजना बनाएर अघि बढेको पाण्डेले बताए ।
१० बुदेको पछाडी कुदने मध्यमार्गीहरुलाई केपी ओलीले पार्टी भित्र नै रामधुलाई गरेको उनले बताए । एमसीसी नेपालको हित हुने गरी परिमार्जन सहित पारित गर्नुपर्ने उनले बताए । जनता विरोधमा सडकमा आएकाले संसोधन सहित पास गर्नुपर्ने पाण्डेले बताए ।
नेपाल गरिब मुलुक नभएको बताउँदै पाण्डेले स्वाधिन अर्थतन्त्र विकासका लागि सिपमुलक तालिम प्रदान गरि युवालाई देश विकासमा लगाउनुपर्ने बताए । जनताको रगत पसिनाले बनाएको एमाले पार्टी क्रान्तिकारी पार्टीको रुपमा विकास हुन नसकेको पाण्डेले आरोप लगाए ।
https://www.facebook.com/Localsandesh/videos/2036914019796743/