इलाम । पूर्वप्रधानमन्त्री एवम नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता झलनाथ खनाल र सभामुख अग्निप्रसाद सापकोटाबिच भेटवार्ता भएको छ । खनाल निवास डल्लुमा उनीहरूबीच एक घण्टा छलफल भएको खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए ।
सापकोटाले खनाल को स्वास्थ्य अवस्थाको जानकारी लिँदै समासामयिक परिस्थितिको बारेमा छलफल भएको थियो । भारतबाट मिर्गौला प्रत्यारोपण गराएर आएका पूर्वप्रधानमन्त्री खनाल हाल घरमा आराम गरिरहेका छन् ।