Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

झापामा प्रेस संगठन नेपालको माईपश्चिम कमिटी गठन

झापामा प्रेस संगठन नेपालको माईपश्चिम कमिटी गठन

  • सन्देश सम्बाददाता
  • शुक्रबार, असोज १ २०७८


झापामा प्रेस संगठन नेपालको माईपश्चिम कमिटी गठन

दमक। प्रेस संगठन नेपाल झापाले माईपश्चिम तदर्थ कमिटी गठन गरेको छ । झापाको दमकमा विहिवार भएको भेलाले डिकेश लामाको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । गठित समितिको सह-संयोजकमा लोकनाथ रिजाल रहेका छन् ।

सदस्यहरूमा प्रेम यम्फू राई, गोमा घिमिरे, गोविन्द लुहागुन, सुमित भण्डारी र सविन खतिवडा रहेका छन् । भेलाले तदर्थ समितिको प्रथम बैठकले दुई सदस्य थप गरी ९ सदस्यीय बनाइने साथै छिटै साधारण सभा सम्पन्न गरिने निर्णय समेत गरेको छ ।

संगठनका झापा अध्यक्ष झुलन रेग्मीको सभापतित्वमा भएको भेलाका प्रमुख अतिथि प्रेस संगठनका केन्द्रिय सदस्य  विमल लामिछानेले संगठनले नवगठित समितिलाई पत्रकारको क्षमता विकासकालागि काम गर्न निर्देशन दिएका छन् ।संगठनका प्रदेश नं १ उपाध्यक्ष डण्डिराज घिमिरेले संगठनको गठन र औचित्यबारे प्रकाश पारेका थिए ।

भेलालार्ई संगठनका जिल्ला सचिव उद्धव पुरीले सञ्चालन गरेका थिए । संगठनले झापामा संगठन विस्तारलाई तीव्रता दिएको छ । सोही अभियान अन्तर्गत संगठनले मेचीनगर, बिर्तामोड र भद्रपुरमा पनि चाँडै क्षेत्रीय कमिटी गठन गर्ने सचिव पुरीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार