फाकफोकथमु । कर्णजीत बुढाथोकी नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्र (समाजवादी ) ६ महिनाको अन्तरमा २ पटक विभाजन भएको छ । गोपाल किराती अध्यक्ष रहेको माओवादी केन्द्रबाट २०७७ मंसिरमा विशेष केन्द्रिय कमिटिको भेला बोलाएर तत्कालिन महासचिव बुढाथोकी सहित केही कार्यकर्ताहरुले नयाँ पार्टी खोलेका थिए ।
पार्टी भित्र विचार सिद्धान्त नमिल्दा गत फागुनमा स्थायी समिति सदस्य प्रकाश दाहाल (ताप्लेजुङे) को नेतृत्वमा बलराम पुन मगर सहितले नेकपा–माओवादी गठन गरेका थिए । पार्टीभित्र अराजक र गैह्र कम्युनिष्टहरूले पार्टीलाई बदनाम गरिरहेको र दश बर्षे जनयुद्धको उपलब्धीलाई बदनाम महसुस गरी दाहालको नेतृत्वमा नयाँ पार्टी गठन भएको थियो ।
गत ७ दिनअघि मात्र बुढाथोकीको पार्टी भित्र अराजक तथा गलत प्रवृत्तिका केन्द्रीय कमिटीबाट चन्दा आतङ्क मचाइरहेको आरोप लगाउँदै स्थायी समिति सदस्य तथा प्रदेश एक इन्चार्ज लक्ष्मण कार्कीको नेतृत्वमा ३७ जनाले सामुहिक राजीनामा तथा पार्टी छोडेको जनाइएको छ । नेकपा माओवादी केन्द्र (समाजबादी)छोड्ने हरुमा सचिव सुमन श्रेष्ठ,स्थायी समितिका ५ जना, पोलिटव्युरो सदस्य ७ जना, केन्द्रिय सदस्य २२ जना र प्रदेश समितिका २ जना रहेका छन् ।