Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा एमालेको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण

सन्दकपुरमा एमालेको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २६ २०७८


सन्दकपुरमा एमालेको अगुवा कार्यकर्ता भेला र प्रशिक्षण

सन्दकपुर । इलामको सन्दकपुर गाउँपालिकामा नेकपा एमालेको गाउँपालिका स्तरिय अगुवा कार्यकता भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । एमाले प्रदेश कमिटि सदस्य एवम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालको प्रमुख आतिथ्यतामा भएको प्रशिक्षण कार्यक्रममा सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई, जसबहादुर लुङ्गेली लगायतले पार्टी संगठन मजवुत बनाउनुका साथै एमालेको आगामी कार्यदिशाको बारेमा प्रशिक्षण दिएका थिए ।

पालिका कमिटिका संयोजक याम बहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा पालिका कमिटि सहसंयोजक कृष्णप्रसाद पाठकले स्वागत र सचिव प्रकाश पराजुलीले कार्यक्रम संचालन गरेका थिए । प्रशिक्षण कार्यक्रममा गाउँपालिकाको ५ वटै वडामा विभिन्न तहका कार्यकर्ताहरुको सहभागिता रहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार