Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लिटमस केबलको एम्बेसेडरमा राजेश हमाल दम्पती

लिटमस केबलको एम्बेसेडरमा राजेश हमाल दम्पती

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र २६ २०७८


लिटमस केबलको एम्बेसेडरमा राजेश हमाल दम्पती

काठमाण्डौ । लिटमस केवलले ब्रान्ड एम्वेसेडरमा नेपालीचलचित्र जगतका महानायक राजेश हमाल तथा मधु हमाल भट्टराईलाई नियुक्त गरेको छ । हालै कम्पनीले आफ्ना उत्पादनहरुको प्रर्वद्धन एवं विस्तारको लागि हमाल दम्पतीलाई एम्बेसेड नियुक्त गरेको हो । २ वर्षको लागि नियुक्त भएसँगै कम्पनीले प्रबर्धन गर्ने विभिन्न समारोह, विज्ञापन, समाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा महानायक एवं मधुको उपस्थिति हुने छ ।

लुम्बिनी विद्युत उद्योग प्रालि सन् १९७७ मा स्थापित नेपालको पहिलो Aluminium Conductor Steel Reinforced कन्डक्टर निर्माण कम्पनी हो । कम्पनीले हालै नयाँ संरचनाको विकास गरी आफ्ना विभिन्न उत्पादनहरु बजारमा बिक्री वितरण गर्दै आइरहेको छ ।

चार दशकदेखि विभिन्न प्रकारका तार र केबलहरू उत्पादन गर्दै आएको यस कम्पनीले हालै जर्मन प्रविधियुक्त नयाँ एडभान्स मेसिनहरुबाट आफ्ना उत्पादन गर्दै आएको छ । यससँगै कम्पनीले आफ्नो उत्पादन ठूलो क्षेत्रलाई अझै फराकिलो पार्दै, नेपालकै अग्रणी एवं ठूलो कम्पनी बन्न सफल भएको छ ।

‘कम्पनीले निरन्तर गुणस्तरीय उत्पादनमा केन्दित भई क्वलिटीमा नम्बर १ रहनको लागि हालै एड्भान्स जर्मन प्रविधियुक्त मेसिनहरुको प्रयोगसमेत गर्दै आइरहेको र नेपालको सबैभन्दा ठूलो केबल निर्माता कम्पनी बन्न सफल भएको छ ।’ कम्पनिका अध्यक्ष तथा प्रबन्ध निर्देशक रोहित गुप्ताले बताए ।

‘ब्राण्ड एम्बेसडरमा हामीलाई नियुक्त हुन अगाडि हामीले कम्पनीका विभिन्न उत्पादन युनिटहरुको अवलोकन एवं जानकारी हासिल गर्याै। वास्तवमै यस्तो एड्भान्स जर्मन प्रविधिको प्रयोग गरी यति ठूलो क्षेत्रफलमा विद्युत केबल उत्पादन गर्ने सम्भवत यो नै पहिलो नेपाली कम्पनी हो भनेर हामी विश्वस्त भयौं ।’ राजेश हमालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार