इलाम । अखिल क्रान्तिकारी इलामको १३ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा नयन वान्तवा निर्वाचित भएका छन् । आज सम्पन्न सम्मेलनबाट वान्तवाको नेतृत्वमा ४३ सदस्यीय जिल्ला कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा चन्द्र दङ्गाल,रोशन राई, हरि खनाल र महिमा गौतम निर्वाचित भएका थिए ।
सचिब प्रविन सुवेदी, सहसचिब शेखर तिम्सिना समीर कुलुङ र मौसमी केरुङ्ग तथा कोषाध्यक्षःचिरायु राई निर्वाचित भएकी हुन् । नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अखिल क्रान्तिकारीको केन्द्रिय उपाध्यक्ष दिपक देवकोटाको विशेष आतिथ्यता रहेको सहसचिव शेखर तिम्सिनाले जानकारी दिए