इलाम । झापाबाट पहाडी जिल्ला जोड्ने मेचीराजमार्गमा यात्रुबाहाक सार्वजनीक यातायातका साधन संचालनमा वृद्धि आएको छ । कोरोना माहामारीका कारण लकडाउन गरिएपछि सार्वजनीक यातायातका साधन संचालन ठप्प रहेपनि अहिले लकडाउन खुकुलो भएसँगै सवारीसाधन संचालनमा वृद्धि आएको हो ।
झापाबाट पहाडी जिल्ला जोड्ने मेची राजमार्गमा सार्वजीनिक यातायातका साधन संचालनमा वृद्धि आएपछि सहरी क्षेत्रमा पनि मानिसको चहलपहल बढेको छ । कोरोना माहामारीका कारण लकडाउन गरिएपछि सार्वजनीक यातायातका साधन संचालन ठप्प रहेपनि लकडाउन खुकुलो भएसँगै सवारीसाधन संचालनमा वृद्धि आएको हो । राजमार्गमा छोटो तथा लामो दुरीकै सावारीसाधन संचालन हुँदै आएका छन् ।
कोरोना माहामारी अघिझै यात्रुको संख्या नभएपनि राजमार्गमा गुड्ने यात्रु बाहक सवारीसाधनको संख्या दिनदिनै बढ्दै गएको हो । राजमार्गसँगै साहायक राजमार्ग र ग्रामीण सडकहरुमा पनि सार्वजनीक यातायातका साधन संचालनमा वृद्धि आएको जिल्ला ट्राफिक कार्यालय इलामका प्रमुख योगेन्द्र कुमार दाहालले बताए ।
इलामबाट काठमाडौँ, धरान, विराटनगर, जाने सार्वजनीक सावारीसाधन निर्वाध रुपमा संचालन हुँदै आएका छन् । सार्वजनीक यातायातका साधनमा यात्रु र सावारी कर्मचारीलाई माक्स अनिर्वाय गरिएको छ । चाडबार्डको समय नजिकिएपछि यात्रुको संख्या पनि बढेको आधारमा सावारी धनी आफैले सवारीसाधन संचालन गर्दै आएको पूर्वेली ट्याक्सि व्यवसायी संघका अध्यक्ष गृष्म सुब्बाले बताए ।
यात्रु बाहक सवारीसाधनसँगै मालबाहाक ढुवानीका सवारीसाधन पनि संचालनमा वृद्धि आएको छ । कोरोना माहामारी फैलन गरिएको लकडाउनका बेला दैनिक उपभोग्य सामग्री ढुवानी गर्ने मालबाहक सावरीसाधन मात्रै संचालन हुदै आएको थिए । तर अहिले सबैखाले ढुवानीका सवारीसाधन संचालन हुँदै आएको जिल्ला ट्राफिक कार्यालय इलामको तथ्याङ्कमा उल्लेख छ ।
सार्वजनीक यातायातका साधनहरु संचालन भएपनि औपचारीक रुपमा काउण्टर खोलिएर यात्रु चढाउने र ओराल्ने काम भने नभएको यातायात व्यवसायीको भनाइ छ ।