Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

राजनितिक अस्थिरताको जड केपी ओली : झलनाथ खनाल

राजनितिक अस्थिरताको जड केपी ओली : झलनाथ खनाल

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २३ २०७८


राजनितिक अस्थिरताको जड केपी ओली : झलनाथ खनाल

इलाम । नेकपा एकिकृत समाजवादीका बरिष्ठ नेता एवम पुर्व प्रधानमन्त्री झलनाथ खनालले राजनितिक अस्थिरताको जड केपी ओली भएको बताएका छन् । उनले केपी ओलीकै कारण देश अस्थिरता तर्फ धकेलिएको आरोप लगाएका छन् । एक संचारमाध्यमलाई अन्तरवार्ता दिँदै खनालले केपी ओली सरकारको स्वेच्छाचारी प्रवृतिको विरुद्ध विद्रोह सुरु हुँदा त्यसको प्रभाव देशभरमै देखिएको बताए ।

केपी ओलीले पार्टीको नीति कार्यदिशा, चुनावका घोषणापत्र र प्रतिवद्धता लत्याउँदै गुटबन्दी तथा व्यक्तिवादी शासन चलाउन खोज्दा आफै समस्यामा परेको खनालले बताए । खनालले सहि ढंगको विकास र कार्यान्वयन सहितको नेतृत्वले मात्र मुलुक स्थिरतामा लग्न सकिने उल्लेख गर्दै ओलीले नेतृत्व गरेकाे बेलाकाे सरकारले सन्तुलन खलबल्याएर अस्थिरताको बिउ रोप्ने काम गरेको बताए । दक्षिणपन्थी ओली सरकार हटेकाले अब मुलुकले सहि दिशा लिने विश्वास लिएको खनालले बताए ।

‘९ औ महाधिवेशनको कार्यदिशा, सिद्धान्त केपी ओली अध्यक्ष निर्वाचित भएपछि लागु गरेनन् आफ्नै दक्षिणपन्थी, अवसरवादी, गुटबन्दी, अहंकारवादी र व्यक्तिवादी गुटले निर्धारण गर्न थाल्यो जसले गर्दा पार्टीको सैद्धान्तिक संगठनात्मक विकास ठप्प भयो ।’ खनालले भने ‘ अन्य राजनितिक दल र छिमेकी देशहरुसंग समेत सम्बन्ध विग्रियो त्यसपछि पुर्नगठनको आवश्यकता महसुस गरेर नेकपा समाजवादी गठन गरिएको हो ।’

नयाँ कार्यदिशा विचार र कार्यक्रम सहित समावादी अघि बढ्ने खनालले बताए । उनले पार्टी भित्र अन्तर संघर्ष गर्ने उद्धेश्य भएपनि ओलीका कारण पार्टी विभाजन गर्नुपरेको बताए । ‘ पार्टी विभाजन नसोचेको घटना भयो । अन्तर संघर्ष गर्दै पार्टी रुपान्तरण र शुद्धिकरण गरेर अघि बढ्ने प्रयत्न थियो सवै प्रक्रियामा तयार भएनन् । वैचारिक र राजनितिक रुपमा भएका गम्भिर गल्तीहरु सच्याउन तयार भएनन् र विद्रोहको बाटो रोज्न बाध्य भयौ ।’

खनालले अग्रगामी परिर्वतन एक्लैले सम्भ नहुने बताए । उनले २००७ साल देखि अग्रगामी परिर्वतनको लागि पार्टीहरु संयुक्त हुनुको विकल्प नरहेको बताए । ‘२०४६ सालको परिर्वतन २०६२÷६३ र संविधासभा मार्फत संविधान जारी सबै मिलेर नै सम्भव भयो ।’ खनालले भने ‘कुनै पार्टीले बहुमत ल्यायो भने पनि एकलकाटे रुपमा अघि बढ्न सक्दैन् ।

ओलीको जस्तो निरंकुशताले अब देश चल्दैन् ।’ भारतका १ महिना लामो उपचारपछि स्वदेश फर्किएका खनाल ३ देखि ४ महिना पछि सक्रिय राजनितिमा फर्किने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार