Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

मुख्यमन्त्रीले विश्वासको मत लिने आधार छैन् : प्रदेश सांसद खिनु लङ्वा लिम्बु

मुख्यमन्त्रीले विश्वासको मत लिने आधार छैन् : प्रदेश सांसद खिनु लङ्वा लिम्बु

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र २२ २०७८


मुख्यमन्त्रीले विश्वासको मत लिने आधार छैन् : प्रदेश सांसद खिनु लङ्वा लिम्बु

इलाम । नेकपा एकिकृत समाजवादीकी नेतृ एवम प्रदेश सांसद खिनु लङ्वा लिम्बुले मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिन सक्ने कुनै आधार नरहेको बताइन् । जिल्ला निर्वाचन कार्यालय इलाममा नेकपा समाजवादीको सनाखत कार्यक्रममा संचारकर्मीहरुसंग संक्षिप्त प्रतिक्रिया दिँदै लिम्बुले आचार्य नेतृत्वको एमालेको सरकारले बहुमत पु¥याउन नसक्ने देखिएकाले राजिना दिनुपर्ने वा विश्वासको मत लिनुपर्ने मात्र विकल्प रहेको बताइन् ।

उनले सरकारले ल्याएको अध्यादेशका कारण प्रदेश १ का १० जना सांसदले नेकपा एसमा सनाखत गरेका कारण मुख्यमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था नदेखिएको जिकिर गरिन् । अब चाडै गठबन्धनले प्रदेश १ मा सरकार बनाएर विकास र नीति निर्माणको कार्यलाई पुरा गर्दै जनताको समृद्धिको सपना पुरा गर्ने लङ्वाले बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार