Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सहमती कार्यान्वयन नभएपछि समाजवादी रोज्यौ : सूर्योदय नगर प्रमुख राई

सहमती कार्यान्वयन नभएपछि समाजवादी रोज्यौ : सूर्योदय नगर प्रमुख राई

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २१ २०७८


सहमती कार्यान्वयन नभएपछि समाजवादी रोज्यौ : सूर्योदय नगर प्रमुख राई

फिक्कल । सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले नेकपा एमाले १० बुँदे सहमति कार्यान्वयनमा गम्भिर नबन्दा नेकपा एकिकृत समाजवादी रोज्नुपरेको बताएका छन् । उनले पार्टीलाई एकतावद्ध बनाउने प्रयास असफल भएपछि एकिकृत समाजवाद रोजेको बताए ।

‘हालसम्म पार्टीलाई एकतावद्ध बनाउन स्थानीय तहले प्रयास गरिरहेको थियो तर त्यो प्रयास असफल भएपछि एकिकृत समाजवाद रोजेका हौ ।’  सूर्योदय नगरपालिकाकाका ९० प्रतिशत जनप्रतिनिधिहरु नेकपा एकिकृत समाजवादीमा रहेको राईले दाबी गरे ।

‘सूर्योदयका ९० प्रतिशत जनप्रतिनिधिको रोजाई रहेको पार्टी उत्साहका साथ अघि बढ्छ र केही समय भित्र नै १ नम्बर पार्टीको रुपमा देशभर नै स्थापित हुन्छ ’ उनले भने । युवा पुस्ताको रोजाई नेकपा एकिकृत समाजवादीमा रहेकाले योजना बनाएर पार्टीलाई अघि बढाउने राईले बताए ।

https://www.facebook.com/sujan.timsina.12/posts/6491855387492951

प्रतिक्रिया
सम्बन्धित समाचार