Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

कोभिड–१९ विरुद्धको खोप तत्काल सुनिश्चित गर्न क्रान्तिकारीको माग

कोभिड–१९ विरुद्धको खोप तत्काल सुनिश्चित गर्न क्रान्तिकारीको माग

  • रोशन राई
  • सोमबार, भाद्र २१ २०७८


कोभिड–१९ विरुद्धको खोप तत्काल सुनिश्चित गर्न क्रान्तिकारीको माग

इलाम : इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्ययनरत सबै विद्यार्थीहरुको लागि कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गराउन नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) इलाम जिल्ला समितिले क्याम्पस प्रशासनलाई ज्ञापन पत्र बुझाएको छन्।

इलाम बजार लगायत् इलामको विभिन्न तहहरुमा कोरोनाको उच्च जोखिम रहेको स्थितीमा क्याम्पसको विद्यार्थीहरुलाई क्याम्पसमा गर्नुपर्ने प्रशासनिक तथा शैक्षिक कार्यहरु सहज, सरल र निर्धक्क उपस्थित भइ गर्नुपर्ने वातावरण नभएको क्रान्तिकारीको ठहर छ ।

कोरोनाको डर र त्रासमा विद्यार्थीहरुको भविष्य अन्योलग्रस्त बन्ने अवस्था रहेकोले महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई राज्यबाट उपलब्ध हुने कोरोना (कोभिड–१९) विरुद्वको खोप अनिवार्य रुपमा यथाशिघ्र उपलब्ध गराइदिन क्याम्पस प्रशासन संग अखिल (क्रान्तिकारी) इलाम जिल्ला समितिले जोडदार माग गरेको छ ।

अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष विपिन पोख्रेल, कार्यालय सदस्यहरु प्रमिला तामाङ, नयन बान्तावा, रोशन राई, प्रविन सुवेदी, जिल्ला सदस्य मौषमी केरुङ, मरब क्याम्पसको नेता राजेन्द्र लोहारको उपस्थितिमा क्याम्पस प्रशासनसमक्ष ज्ञापन पत्र बुझाएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार