इलाम : वातावरण परिवर्तन र तापक्रम वृद्धिका कारण एसियामा पानीका भण्डारणहरु सुक्दै गएका छन्। हिन्दकुश पर्वत क्षेत्रमा औषत ०।३ देखि ०।७ डिग्री सेल्सियस तापक्रम बढ्दै गएको छ। जलवायु परिवर्तनका कारण विश्वका अग्ला हिमश्रृङखला क्षेत्रका हिमनदीहरु पग्लदै आएको विभिन्न समयमा भएका अध्ययनहरुले समेत देखाएका छन्। वैज्ञानिकहरुले लामो समयको अध्ययनबाट विपत्तिपूर्ण पग्लनुको कारणमध्ये मध्यपूर्वबाट उड्दै आएको धुलोसमेत रहेको निष्कर्षमा पुगेका छन्।
विश्वमा तापमान वृद्धिले हिमालय क्षेत्रका हिमनदीबाट उत्पन्न एसियाका नदीहरुसँगै अरबिक गल्फ क्षेत्रमा समेत असर पर्न सक्ने चेतावनी वैज्ञानिकहरुले दिएका छन्। एशियाभरि बग्ने हावाले हिन्दुकुश हिमालय र अरबिक खाडीलाई एक आपसका प्रणालीमा जोड्छन्। विश्वव्यापी रूपमा, शुष्क क्षेत्रहरूबाट लगभग ५ बिलियन टन मरुभूमिको धुलो वायुमण्डलमा प्रत्येक वर्ष बगेर जान्छ।
इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रासका पृथ्वी प्रणाली वैज्ञानिक चन्दन सारंगीका अनुसार वैज्ञानिकहरु उपग्रह डाटा र कम्प्युटर मोडेलको सहयोगमा धूलोको उत्पत्ति बुझ्न सक्छन्। जहाँ यसको अवतरण र स्थानीय वातावरणसँगको अन्तरक्रिया बारेमा बुझ्न सहज भएको छ। क्षेत्रीय वायु प्रवाह र प्रचलित पश्चिमी वायुको कारण अरब खाडीबाट उच्च पर्वत एशिया ९एचएमए० क्षेत्रमा धुलो उडिरहेको छ। जुन उत्तर अफ्रिका र दक्षिण पश्चिम अरब प्रायद्वीपसम्म पुग्ने गरेको छ।

सारंगी भन्छन् ‘यी धुलो कणहरु, २–५ किलोमिटरको उचाइमा लामो दूरीको यात्रा र गर्मीको समयमा एचएमएसम्म पुग्छन्। पाकिस्तान र साउदी अरेबियाको थार मरुभूमि जस्ता सुक्खा क्षेत्रहरुबाट धूलो संवहन द्वारा पृथ्वीको सीमाना तह माथि उचालिन्छ। उचाईमा हावासँग टाढा-टाढासम्म पुर्याइन्छ र मुख्यतः ३ किमिमाथि जम्मा हुन्छ।’ यसप्रकार धुलो कणहरु उच्च हिमालय पर्वतहरुमा जम्मा भइरहेका छन् जसले हिउँभन्दा कालो कणहरुको एकपत्रले हिमनदीलाई ढाकेको छ। कालो कार्वन, कर्ण पदार्थ र धुलो हिमालय क्षेत्रका हिमनदीहरुको मुख्य समस्याको रुपमा देखा परेका छन्।
अध्ययनअनुसार धेरै क्षेत्रहरुमा, धुलो र एयरोसोल जस्ता कालो पदार्थले वातावरणीय हरितगृहलाई प्रभाव पारेका छन्। जसको फलस्वरूप हिमनदी र अधिक तापमानमा प्रत्यक्ष प्रभाव पारिरहेका छन्। दक्षिण एसियाका ठूला शहरहरुमा सवारीसाधनको निकास, फोहोर जलाउने र जैविक इन्धनको दहनबाट उत्पन्न हुने कालो कार्बन र धुवाँ पहिले हिमालयमा हिमनदी पग्लनका लागि मुख्य जिम्मेवारको रुपमा ठह्याइएको थियो। तर, सारंगीसहितको अन्तर्राष्ट्रिय अन्वेशकहरुको टिमले नोभेम्बर २०२० मा प्रकाशित गरेको अध्ययनले ४ हजार मिटरमाथिका उचाईमा पग्लनका लागि कालो कार्बनभन्दा धुलो मुख्य रुपमा देखाएको छ।

2E2679M Fergana Valley close to the border to Uzbekistan. Asia, central Asia, Kyrgyzstan
सारंगीले नोट गरेअनुसार एचएमएसम्म पुग्ने कालो कार्बनको अधिकांश हिस्सा सिन्धु र गंगाको मैदानी भागमा मानवीय गतिविधिबाट उत्पन्न भएको छ। जुन अधिकतम ३ किलोमिटरको उचाइमा जम्मा हून्छ। तर्सथ कालो कार्बन ३ किलोमिटरमाथि हुने भएकाले धुलोसँग विपरीत सम्बन्ध छ। मध्यपूर्वबाट उच्च हिमालयसम्म धुलो उड्नु नौलो घटना नभए पनि भर्खरै मात्र हिमनदी पग्लने प्रमुख कारणको रुपमा बुझिएको छ।
सामुद्रिक परिवर्तन
पूरै महादेशदेखि हिमालयसम्म धुलोका कारण जाने हावाले हिमनदी पग्लदा परिणाम खाडी क्षेत्रमा समेत ल्याउने गरेको छ। हिमालय क्षेत्रका पहाडमा गर्मी बढ्दा एसिया र मध्यपुर्वमा मनसुनको ढाँचासमेत परिवर्ततन हुँदै आएको छ। अरबिक गल्फको इकोसिस्टमका लागि मनसुन अभिन्न अंग हो। समुद्री जीव बैज्ञानिक एवम न्यूयोर्क विश्वविद्यालय अबुधाबीका प्रोफेसर जोन बर्ट भन्छन्, ‘खाडीमा व्यापक कोरल ब्लीचिंग गर्मीको समयमा शामल हावा (इराक, इरान सहित मध्य पूर्व भरि उड्ने बलियो उत्तर पश्चिमी हावाहरु) को परिणाम हो। ‘
ती शामल हावाहरु मनसुन द्वारा सञ्चालित दबाबद्वारा उत्पन्न हुन्छन्। यदि मनसुन कमजोर भयो भने शामलहरु बढ्नेछन् र खाडी क्षेत्रमा धेरैपटक गम्भीर कोरल ब्लीचिंग हुनेछ’ खाडी क्षेत्रका समुन्द्र मुनी रहेका कोरल चट्टानहरु बढ्दो जोखिममा रहेकाले इकोसिस्टमलाई थप क्षतिबाट बचाउनका लागि प्रयास आवश्यक रहेको देखिन्छ। गत वर्ष नेचरमा प्रकाशित एक अध्ययनले हिमनदीहरुको संकुचनलाई अरब सागरमा माछापालन गिरावटसँग जोडिएको छ। मनसुन परिवर्तनले एक कोषीय अल्गल जीवको फैलावटलाई सहज बनाएको छ। जसलाई वैज्ञानिक भाषामा नोक्टिलुका स्किनटिलन्स भनिन्छ।

हानिकारक अल्गल ब्लुम्सले पानीबाट अक्सिजन चुस्ने गर्दछन्। जसका कारण समुद्री सतहमा अक्सिजनको कमी सिर्जना हुँदा माछाको संख्या घट्दै गएका छन्। एल्गल ब्लुम्सले कोरल ब्लीचिंग लाई बढाउँछ र लेउलाई प्रतिस्थापन गर्दछ। लेउ माछाको लागि खानाको एक मुख्य स्रोतसमेत हो। हिमालयनमा भएको परिवर्तनका कारण तीव्र रुपमा फैलिएको नोक्टिलुकाले खाडी क्षेत्रमा मत्स्य पालनलाई खतरामा पार्दै खाध्य सुरक्षामा व्यापक असर देखिएको बैज्ञानिकहरुले चेतावनी दिएका छन्।
एल्गल ब्लुम्सले माछापालनलाई मात्र नभई युएईमा ताजा पानी आपुर्तिमा समेत असर पुर्याएको बर्टले बताएका छन्। दुवै दिशामा बग्ने अन्तरमहादेशीय हावाहरुका कारण हिमालयका हिमनदीहरुले सामना गरिरहेको संकटका कारणहरु र प्रभावहरु अरब खाडीसँग जोडिएको छ। दुई क्षेत्रहरुको भाग्य एक(अर्कासँग जोडिएको विभिन्न घटनाहरुले देखाएका छन्। हिमालयमा जलवायु परिवर्तनका कारण खाडी क्षेत्रमा समेत गम्भीर असर देखिएपछि संरक्षणविद्हरू चिन्तित छन्। हिमालय र खाडीको बीच इकोसिस्टमको अतिरिक्त सामाजिक–आर्थिक प्रभावहरु विशेष गरी दक्षिण एशिया क्षेत्रमा बढिरहेको छ।
द थर्डपोल मा प्रकाशित सामग्री सन्देश डेक्सबाट भावानुवाद