इलाम । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) चुलाचुली इलामको दोश्रो गाउँ सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट अध्यक्षमा युशुन चाम्लिङ राई निर्वाचित भएका छन् । उपाध्यक्षमा सगुन दावा राई र जनम राई, सचिवमा सेरेहाङ राई, सहसचिवमा रमन गुरागाई, खेवाङ लिम्बू, भीष्म रोका र कोषाध्यक्षमा विशाल बराईली निर्वाचित भएका छन् ।

सम्मेलनले २५ सदस्यीय समिति निर्वाचित गरेको हो ।सम्मेलन आयोजक समितिका अध्यक्ष चन्द्र दंगालको अध्यक्षता र १३ औं जिल्ला सम्मेलन आयोजक समितिका संयोजक विपिन पोखरेलको प्रमुख आतिथ्यतामा भएको उद्घाटन जिल्ला कार्यालय सदस्यहरु नयन राई, रोशन राई, समीर राई, चिरायू राईलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कराँते खेलाडी तथा कलाकार चुलाचुली-५ निवासी मन कुमार योङहाङ (एमके) लाई उनले विद्यार्थीहरु माझ खेलकुदको माध्यमबाट पुर्याएकाे योगदानलाई उच्च कदर गर्दै सम्मान समेत गरिएको थियो।