Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

ओलीको गृहनगरमा नेकपा (एकिकृत समाजवादी) निकट पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन

ओलीको गृहनगरमा नेकपा (एकिकृत समाजवादी) निकट पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १२ २०७८


ओलीको गृहनगरमा नेकपा (एकिकृत समाजवादी) निकट पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स गठन

दमक । पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा नेकपा (एकिकृत समाजवादी) निकट पुष्पलाल मित्रता केन्द्र र अखिल फोर्स दमक नगर स्तरीय कमिटी गठन गरिएको छ । केन्द्र झापाका अध्यक्ष मणि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का उपाध्यक्ष तथा दमक नगरपालिकाका पुर्ब नगर प्रमुख इन्द्र बहादुर बुडाथोकिको प्रमुख आतिथ्य रहेको थियो । नेकपा (एकीकृत समाजबादी) झापाको नेता निलमणि बराल, अखिल फोर्सका केन्द्रिय सहसंयोजक रोशन भण्डारी, केन्द्रिय सदस्य मदन गुरुङको उपस्थितिमा रहेको थियो ।

पुष्पलाल मित्रता केन्द्र दमक नगर कमिटीको अध्यक्षमा महेश घिमिरे चयन भएका छन् । उपाध्यक्षः बिराटजंघ जबेगु (लिम्बु), हमला प्रसाई, सचिव सुमन कार्की, सह सचीव अनिलदेब राई र कोषाध्यक्ष प्रेम भुजेल चयन भएका छन् । समितिको सदस्यहरुमा चन्द्र थापा, सौरभ भट्टराई, नरेश भण्डारी, युबराज दुलाल कमल न्यौपाने, ललित माझी, किरण भट्टराई रहेका छन् । अन्य सदस्यहरुमा मदन गुरुङ खगेन्द्र नेपाल, उमेश चौलागाईं, प्रबल भण्डारी, डम्बर आङदम्बे, खगेन्द्र कार्की, जुलन गजमेर (उमेश), कल्पना श्रेष्ठ, मन कुमार दर्नाल, राजु भट्टराई, देबिमाया श्रेष्ठ (धिमाल) र रोशन भण्डारी रहेका छन् ।

त्यस्तैगरी केन्द्रको सल्लाहकार संयोजकमा केन्द्र प्रसाई चयन भएका छन् । सदस्यहरुमा शान्ति राम आचार्य, हरि नेपाल, भिम दाहाल, टीका प्रसाई, जीवन सेढाई, मदन ढकाल चैतन्य लामिछाने (निर्मल) चयन भएका छन् । अन्य सल्लाहकार सदस्यहरुमा मदन पौडेल, तिर्थ नेपाल, तिर्थ नारायण श्रेष्ठ, लालबहादुर श्रेष्ठ, कमल कटुवाल, लक्ष्मी खनाल, शशि पौडेल, नारायण प्रसाई, बिष्णु न्यौपाने र चित्र ढकाल चयन भएका छन् ।

अखिल फोर्स दमक नगर कमिटीको अध्यक्षमा रतन चाम्लिङ राई चयन भएका छन् । उपाध्यक्ष  सावन ढकाल, सचिव दिपक भट्टराई, सह सचिब अविशेक घिमिरे, सह सचिब मन्जुल भट्टराई र कोषाध्यक्ष शिव कुलुङ चयन भएका छन् । कमिटीको सदस्यहरुमा आयुसमान पोख्रेल, रबिन अधिकारी, सुजन भण्डारी, मदन बिश्वकर्मा, मनिप धिमाल चयन भएका छन् । अन्य सदस्यहरुमा सुनिल निरौला, एन्जिल खरेल, हेमराज मगर, महोमद अलि, सनम राई, मुकेश खत्री, सजल आचार्य, अशोक राई र सुशान राई चयन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार