सूर्योदय । इलामको सूर्योदय नगरपालिका १० बाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक पुरस्कृत भएका छन् । सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत्रकारीता क्षेत्रमा योगदान पुर्याए बापत ढकाललाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको हो ।
सम–सम्पादक ढकाल इलामको सूर्योदय नगरपालिका १० मा रहेर खेलकुद र कृषि क्षेत्रमा खोज तथा अनुसन्धानमुलक समाचार लेखनमा दख्खल राख्छन् । सह–सम्पादक ढकाललाई स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइन परिवार बधाई ज्ञापन गर्दै थप प्रगतिको कामना गर्दछ ।
नगरपालिकाले ढकाल सहित नगर भित्रका विभिन्न क्षेत्रमा क्रियाशिल संघसंस्था, उद्यमी र समाजिक व्यत्तित्वलाई पुरस्कार तथा सम्मान गरेको छ ।