फिक्कल । नेकपा एमाले सूर्योदय नगर कमिटिले पार्टी जेठ २ मा फर्किएकोमा स्वागत गरेका छन् । नगर कमिटिको बैठक बस्दै एमाले २०७५ जेठ २ को अवस्थामा आइपुगको भन्दै स्वागत गरे । बैठकले पार्टीलाई सुदृढ गर्ने विभिन्न निर्णयहरु समेत गरेको जनाइएको छ ।
एमालेले पार्टीका कार्यकर्ताहरुलाई एकतावद्ध गर्न भदौ महिना भरिमा सदस्यता नविकरण गर्न निर्णय गरेको छ । सोही अनुसार बुधबार १५० भन्दा बढिले नेकपा एमालेको सदस्यता नविकरण गरेको एमाले नेता एवम सूर्योदय नगर उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिइन् । बैठकमा प्रदेश साँसद काजीमान कागतेकाे उपस्थिति रहेकाे थियाे ।