Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा संक्रमणबाट बुधबार तीनको मृत्यू, ६७ संक्रमित थपिए

इलाममा संक्रमणबाट बुधबार तीनको मृत्यू, ६७ संक्रमित थपिए

  • लोकल सन्देश
  • बुधबार, भाद्र ९ २०७८


इलाममा संक्रमणबाट बुधबार तीनको मृत्यू, ६७ संक्रमित थपिए

इलाम । इलाममा बुधबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको मृत्यू हुनका साथै ६७ जना संक्रमित भएका छन् । अलैँची व्यवसायी महासंघ इलाम शाखाका अध्यक्ष उद्योग वाणिज्य संघ इलामका पूर्व महासचिव इलाम नगरपालिका वडा नं। ७ निवासी ६० वर्षीय विजय खाकी, माईजोगमाई गाउँपालिका वडा न‌ं ३ की सदस्य ४५ वर्षीया मेनुका कठेत र इलाम नगरपालिका वडा नं। ७ कि एक ६० वर्षीया महिलाको निधन भएको छ ।

खाकीको मंगलबार राती र कठेतको बुधबार विहान निधन भएको हो । स–सस्त्र प्रहरी अस्पताल हलचोक काठमाडौँमा उपचारको क्रममा खाकीको निधन भएको बताइएको छ । झण्डै एक हप्ता अगाडी खाकीलाई उपचारका लागि काठमाडौँ लगिएको इलामका सन्तोष भक्तराजले जानकारी दिए ।

वडा सदस्य कठेतको विर्तामोडस्थित विर्तासिटीमा उपचारको क्रममा निधन भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार