Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

केपी ओलीकै जिल्लामा एमालेले माधवलाई साथ दिए

केपी ओलीकै जिल्लामा एमालेले माधवलाई साथ दिए

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ५ २०७८


केपी ओलीकै जिल्लामा एमालेले माधवलाई साथ दिए

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्लामा माधव नेपाल–झलनाथ खनाल पक्षको नेकपा एमाले जिल्ला कमिटि नेकपा (एकिकृत समाजवादी) मा समाहित भएको छ । एमालेका केन्द्रिय सदस्य एवम प्रदेश सह–इन्चार्ज नरेश खरेलको प्रमुख आतिथ्यतामा विर्तामोडमा भएको भेलामा ३५१ सदस्यीय जिल्ला कमिटि माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ता भएको नेकपा एकिकृत समाजवादीमा समाहित भएको जिल्ला संयोजक वेदराज रेग्मीले जानकारी दिए ।

नेकपा एमालेमा पार्टी एकताको अध्याय केपी ओलीले नष्ट गरेकाले भण्डाफोर गर्दै अघि बढ्नका लागि समाहित भएको रेग्मीले जनाए । उनका अनुसार झापा जिल्लाको नेकपा एमाले समानान्तर कमिटिका र दमक नगर कमिटिले आज नै समाहित भएको घोषणा गरेका हुन् । बाँकी रहेका १४ स्थानीय तहमा समेत समाहित गर्ने निर्णय भएको छ ।

रेग्मीले रविन कोइराला समेत आफुहरुसंगै भएको बताए । उनले बैठकमा उपस्थित नभएका कोइराला आफुहरुको प्रदेश इन्चार्ज भएकाले समर्थन गरेको दाबी गरे

प्रतिक्रिया
सम्बन्धित समाचार