फिक्कल । सूर्योदय टि प्रोड्युर्सस एसोसिएसनले आगलागीबाट क्षति भएको रक्तकाली टि स्टेटलाई २ लाख सहयोग गरेको छ । साउन १५ गते सुर्योदय नगरपालिका–८ मालुममा दिनेश माझीले संंचालन गरेको उद्योगमा अन्दाजी राती १२ः३० बजेबाट आगलागी हुँद करिब ३ करोड बढिको क्षति भएको थियो ।
एसोसिएसनका सदस्य माझीको क्षतिग्रस्त उधोगमा गएर एसोसिएसनमा आवद्ध टिमले घाउमा मल्हम सहयोग गरेको अध्यक्ष उत्तम कुमार श्रेष्ठले बताए । एसोसिएनमा आवद्ध १५ उधोगी सदस्यबाट रकम संकलन गरेर सहयोग गरिएको हो । विद्युत चुहावटबाट आगालागी हुँदा उद्योगमा रहेको तयारी चिया, प्रशोधन गर्ने मेसिन र अन्य भौतिक पुर्वाधारमा क्षति पुगको थियो । ।
ठूलो क्षति एसोसिएसनले मात्र पुनर्स्थापना गर्न नसक्ने भएकाले सुर्योदय नगरपालिका ,प्रदेश र केन्द्र सरकार सम्म सहयोगीको लागि आग्रह गर्ने एसोसिएसनका सदस्य महेश अर्यालले बताए ।