फिक्कल । महामारी नियन्त्रण रोकथाममा मेरो प्रतिवद्दता मास्क लगाउन नै हो आजको आवस्यक्ता भन्ने मुलनाराका साथ प्रहरीले गाउँगाउँमा मास्क लगाउने अभियान तिव्रता दिएको छ । नेपाल सरकारको मास्क अभियानको कार्यान्वयनका लागि प्रहरीले बजार क्षेत्र र ग्रामिण भेगहरुमा मास्क नलगाउने पैदल यात्रु, सवारी साधनका चालक, सहचालक, यात्रु तथा सर्वधारणलाई मास्क वितरण गरिएकाे हाे ।

स्वास्थ्य सुरक्षाका मापदण्ड सम्बन्धी सचेतना जगाउने उदेश्यले कार्यक्रमलाई तिव्रता दिएको जनाइएकाे छ । कोरोनाको संक्रमणको बढ्दो लहरलाई मध्यनजर गर्दै पशुपतिनगर प्रहरीले आइतबारे बजार र बरबोटे आसपासका क्षेत्रमा सचेत गराउँदै पैदलयात्रु र सवारी चालकलाई मास्क वितरण गरेको छ जिल्लामा कोरोना संक्रमितको संख्या र मृत्युदर बढेपछि प्रहरीहरुले यो अभियान अघि बढाएको हो ।
